२९ असार
पर्वत । जिल्लामा रहेका विभिन्न मानवअधिकार संगठनहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । १५ औं पटक अनसनमा रहेका डा.गोविन्द केसीको माग सम्बोधन र आफ्नो छोराको हत्यारालाइ कारवाहीको माग गर्दै बसेकी गोरखा फुजेलकी गंगामायाको जीवन रक्षाको माग गर्दै जिल्लामा रहेका मानवअधिकारी संगठन र नागरिक समाजले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा ज्ञापन पत्र बुझाउदै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका हुन् । जिल्लामा रहेका नेपाल मानवअधिकार संगठनका अध्यक्ष हरिनारायण रेग्मी ,लोकतान्त्रिक गैसस महासंघका सचिव उत्तम अधिकारी,नागरिक समाज संजाल नेपालका संयोजक मानकुमारी गिरी, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष ओमप्रसाद घायल, नेपाल प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य पृथ्वी नारायण शर्मा,महिला मानवअधिकार रक्षक संजालका अध्यक्ष सिता केसी, इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापा,महिला संचारिका समुहकी कोषाध्यक्ष सोनु राना लगाएतकाे संयुक्तमा उक्त ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्ष गराइएको नेपाल मानवअधिकार संगठनका सचिव माधव पौडेलले जानकारी दिए ।
विज्ञप्तिको पूर्ण विवरण












