२९ असार

पर्वत विहिवार सम्पन्न रोटरी क्लव अफ पर्वतको विशेष साधारणसभावाट क्लवको वर्ष २०१८\ १९ को अध्यक्ष पदमा सावित्री खत्री क्षेत्री चयन हुनु भएको छ । वर्ष २०१८ १९ का अध्यक्ष रो रामकृष्णा रेग्मी, काम विशेषले देश वाहिरा रहनु भएकोले विशेष साधारणसभावाट क्षेत्रीलाई अध्यक्ष पदमा चयन गरिएको हो । साथै साधारणसभाले क्लवको प्रसिडेण्ट ईलेक्टमा रो लेखनाथ पौडेललाई चयन गरी अन्य पद यथावत कायम गरेको छ । तुलनात्मक रुपमा महिला रोटरियनहरुको संख्या न्युन रहेको रोटरी अभियानमा क्लवले महिला नेतृत्व पाएको रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले वताउनू भयो ।

अध्यक्ष के सी रोटरी अभियानमा सन २००९\१० मा क्लवको संस्थापक कोषाध्यक्ष रँहदै सचिव, उपाध्यक्ष हुदै प्रेसिडेण्ड ईलेक्टको कार्यकाल पुरा गरी हाल सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । ईनरह्वील क्लव अफ पर्वतको अध्यक्ष समेत भई सफलतापुर्वक कार्यकाल पुरा गर्नु भएकी के।सी। नेष्डो नेपालको कोषाध्यक्ष तथा प्रशासन एवम् वित्त विभागको प्रमुख हुनुहुन्छ ।

हिजो एक समारोहको विच वर्ष २०१७\१८ का अध्यक्ष रो। विप्लप हमालले वर्तमान अध्यक्ष रो क्षेत्रीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । प्रसिडेण्ट ईलेक्ट लेखनाथ शर्माले धन्यवाद मन्तव्य दिदै सफल कार्यकाल पुरा गर्नु भएकोमा हमाललाई र सफल कार्यकालको लागि क्षेत्रीलाई वधाई तथा शुभकामना दिनूभएको थियो ।