२७ असार
काठमाडौं । २ महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली आउने बेला रातारात कालोपत्रे गरिएको चावाहिल जोरपाटी सडक खण्ड दुई महिना नबित्दै बिग्रिएको छ ।

वर्षाै देखि नबनेको उक्त सडक भारतीय प्रधानमन्त्री ह्यात होटलमा बस्ने भएपछि सडक विभागले ह्यात होटलको गेटसम्म मात्रै रातारात कालोपत्रे गरेको थियो ।

यो बिषयमा हामीले सडक विभागका प्रवक्ता मुक्ति गौतम सँग कुरा गर्दा उनले रातारातको काम नभइ वर्षौदेखिका योजना अनुसार नै कालोपत्रे गरिएको र यो दिगो हुने दाबी गरेका थिए ।

हामीले पटक पटक केही समयमै भत्किएको को जिम्मेवार हुने भन्दा उनले त्यस्तो नहुने बताएका थिए । तर शनिबार स्थानीयहरुले हामीलाई जानकारी गराएपछि हाम्रो टिम त्यहाँ पुग्दा सडक अवस्था यस्तो छ ।

राज्यको करोडौँ बजेट खर्चिएर रातारात गरिएको पिच २ महिनामानै उस्तै भएको छ । अहिले पुन सो खण्डमा धुलो र हिलोले स्थानीय सास्ती भोग्न थालेका छन् । यसरी कालोपत्रे गरेको २ महिनामानै भत्कीएर धुलाम्मे र हिलाम्मे बन्ने सडको जिम्मेवारी अब कसले लिने ?