२६ असार
पर्वत,ब्लड क्यान्सरवाट पीडित कुश्मा नगरपालिका–१४ आर्थरका अर्जुन गौत्तमको उपाचारार्थ पर्वत सेवा समाज नेपालले १० हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले पीडितका आफन्तलाई हस्तान्तरण गर्नुभएको थियो । कुश्मा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा बोल्दै काफ्लेले रकम सहयोग गर्ने सहयोगदातालाई धन्यवाद ज्ञापान गर्नुभयो । पर्वत सेवा समाज नेपालले समाजको हितमा काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । पीडामा परेकालाई सहयोग गर्नु हरेक मानिसको धर्म भएको बताउँदै अर्जुन गौत्तमको जिवन रक्षाका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुश्मा नगरपालिकाले पनि गौत्तमको रक्षाका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्वत सेवा समाजका आजिवन सदस्य नारायण शर्मा पौडेलले २५ सय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उक्त कार्यक्रमको संचालन पर्वत सेवा समाज नेपालका उपाध्यक्ष गणेशवहादुर क्षेत्रीले गर्नुभएको थियो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पर्वत सेवा समाजका पदाधिकारहिरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । यो सहयोग खासगरि ईजरायलमा वस्ने नेपालीहरुको सहयोग संकलन गरि पठाएका थिए ।









