२३ असार
पर्वत । स्थानीय सरकार नामको मात्रै भएको र अपाङ्गताको क्षेत्रमा उपेक्षा गरेको यहाँका सरोकारवालाहरुको आरोप रहेको छ । संघियता संगै स्थानीय सरकार स्थापना भएपनि पर्वतमा रहेका नगरपालिका र गाउँपालिकालका जनप्रतिनिधीले चासो नराखेको आरोप छ । स्थानीय सरकार आएपनि अभैm समाज अपाङ्ग मैत्री बन्ननसकेको उनीहरुको गुनासो समेत छ ।

नेपाल अपाङ्ग उत्थान समाज पर्वत दरा आयोजित र आई.एन.एफ पोखराको सहयोगमा सञ्चालित समूदायमा आधारीत पुनःस्थापना कार्यक्रममा आव ०७४\०७५को प्रगतिविवरण सार्वजनिकमा सारेकारवालाले शुक्रबार यस्तो गुनासो गरेका छन् । ।
कार्यक्रमका प्रमूख अतिथी जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले आफ्नो क्षेत्रबाट कुनै पनि कसूर बाँकी नराखि अपाङ्गता भएका ब्यक्ति र परिवार सबैका समस्या र गुनासा सम्बोधन गर्न पहल गर्ने प्रतिबद्ता ब्यक्त गरे । उनले अपाङ्गताको क्षेत्रमा सञ्चालित समूदायमा आधारीत पुनःस्थापना कार्यक्रममालाई निरन्तरता दिन सुझाए । यसको शुरुवातसंगै पर्वतमा अपाङ्ग ब्यक्तिको जिवीका सञ्चालन र पुनःस्थापनामा ठूलो सहयोग गरेको उल्लेख गरेका छन् । यो कार्यक्रम सन् २०१४ देखि सञ्चालनमा आइ सन् २०१८ सम्म पर्वतका ६ वटा वडाहरुमा सञ्चालित छ । यो परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको जिवीका सञ्चालन पुनःस्थापना र उनीहरुलाई व्यावसायिक वनाऊन,शाररीक अपाङ्ग भएकाहरुलाई फिजियोथाोरापि गराउँन आर्थिक तथा मानवीय सहयोग गर्दै आएको छ । परियोजनाले ४ बर्षे समयअवधि सन् २०१८ मा सम्पन्न गर्दै छ । आइएनएफले यी वडाहरुमा काम गर्नका लागि प्रदान गरेको ११ लाख २५ हजार ९ सय १८ रकमबाट दिगो विकासका निम्ति काम गर्दै आएको र अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा पुनस्थापना गर्ने अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गरेको प्रस्तुति गरिएको थियो ।

यस्तै कार्यक्रममा राजनितिक दलका प्रतिनिधि काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद पाध्याय र कम्युनिष्टका प्रतिनिधि भक्त कुवंरले आफुहरुले अपाङ्गताको क्षेत्रमा राज्यलाई र स्थानीय सरकारलाई झकझकाउन तयार रहेको बताए । कार्यक्रम समन्वय अधिकारी बिष्णु भुषालले पनि सञ्चालित कार्यक्रमको निरन्तरता दिन आग्रह गदै स्थानीय सरकार आईसकेको खण्डमा अन्यमा परेका,दलित,अपाङ्ग,उत्पीडित,महिला बालबालिकाको क्षेत्रका परिणममूखि काम गरेमा मात्रै जनताले स्थानिय सरकारको सोझै अनूभुति गर्न सक्ने बताए । सहायक प्रमूख जिल्ला अधिकारी डिल्लाीराम शर्माले यो परियोजना जिल्लाका ६ वटा वडामा मात्रै सिमित नभई जिल्लाभरी नै पु-याउनुपर्ने भनाई ब्यक्त गरेका छन् ।
निजि क्षेत्रको तर्फवाट बोल्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले अपाङ्गता भएका ब्यक्तिहरुले उत्पादन गरेका वस्तुहरुको विक्रिवितरणमा सहयोग गर्ने प्रतिबद्ता जनाए ।
सो कार्यक्रममा पर्वतमा अपाङ्गको तथ्याङ्गक २.४९% रहेको नेपाल अपाङ्ग उत्थान वागलुङका अध्यक्ष रामप्रसाद घिमिरेले तथ्याङ्गक प्रस्तुत गर्दै बताएका थिए ।
नेपाल अपाङ्ग उत्थान पर्वतका अध्यक्ष किशोर शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने,कार्यक्रममा उपाध्यक्ष हरिदत्त शर्मा र कार्यक्रम संयोजक जग्गदीश शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश बहादुर क्षेत्री,नागरिककर्मी राजेन्द्र पहाडी,कार्यक्रममा
अपाड्ग संजालका अध्यक्ष तूलसी गिरी, आई.एन.एफ पोखराका परियोजना अधिकृत सूर्य बहादुर कुवंर लागाएतले बोलेका थिए ।