२२ असार
धनगढी । कैलालीमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरिएको छ । लम्कीचुहा नगरपालिका–९ दुर्गौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीय श्रीमती गरीबी चौधरीलाई हिजो धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिरा ओलीले मृतकका श्रीमानले आफूले हत्या गरेको स्वीकार गरेको जानकारी दिए । मृतकको टाउको लगायत शरीरका अन्य भागमा घाउ र चोट देखिएको डीएसपी ओलीले बताए ।
अभियुक्त मृतकका श्रीमानलाई लम्की प्रहरीले नियन्त्रणमा लिएर छानविन थालेको छ । मृतकको शव पोस्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । लम्कीमै सवारी दुघर्टनामा हुँदा आज १ बृद्ध गम्भीर घाइते भएका छन् ।
लम्कीचुहा नगरपालिका–८ गप्कामा आज दिउँसो पूर्वबाट पश्चिम गइरहेको ना५ख ३०७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ७६ वर्षीय धनीराम डंगौरा गम्भीर घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचाररत उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
लोकान्तर वाट









