२० असार
पर्वत कूश्मा वजारलाई सफा शून्दर शहर वनाउनका लागी कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशी एका विहानै कूचो लिएर सफा गर्न हिड्नू भएको छ । नगर प्रमूख जोशीले कूश्मा नगर पर्यटकिय शून्दर नगर भएकाले सवै नगरवासीले सरसफाईमा ध्यान दिनू पर्नेमा जोड दिनू भयो । नगर सफा र स्वच्छ राख्ने नगरवासीको कर्तव्य भएकाले नगरले सचेतनामूलक कार्यक्रम मात्र संचालन गरि अभियानमा सवै नगरवासीलाई उत्प्रेरणा गर्ने वताउनू भयो । आ आपनो घरअगाडी सरसफाई गरि सभ्यताको परिचय दिनू आम सचेत नागरिकको कर्तव्य भएको धारणा राख्दै यस्ता पवित्रकार्यमा सहयोग र साथ दिन कूश्मा नगरपालिका सधै तयार रहेको जानकारी दिनू भयो । यस अभियानको संयोजन गर्ने कूश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्मा, एकता यूवा क्लवका अध्यक्ष नरेन्द्र वहादूर क्षेत्री र सिसेफ महिला समूहका अध्यक्ष ईश्वरी पाठक लगायत अभिानमा सहयोग र साथ दिने प्रमूख जिल्ला अधिकारी, कार्यालय प्रमूख,नागरिक समाज टोलवासी सवैलाई धन्यवाद दिनू भएको थियो ।

आज भएको उक्त सरसफाई अभियानमा प्रमूख जिल्ला अधिकारी गूरु प्रसाद ढकालले जिल्ला प्रशासन कार्यालयको सधै सहयोग र साथ रहने धारणा राख्नू भयो । स्वाच्छ वातावरणमा वाच्न पाउनू नागरिकको मौलिक हक भएकाले त्यस तर्फ पनि यस अभियानले साथ दिने धारणा राख्नू भयो । वडा अध्यक्ष चित्रकला भारतीले कूश्मा नगरको वडा नं. ५ भित्र पर्ने सवै टोल विकास समितिलाई सकृय वनाएर नियमित सरसफाई अभियानमा लाग्ने धारणा राख्नू भयो । वडाले सानो रकम विनियोजन गरेर यस अभियानको शूरुआत गरेको वताउनू भएको थियो ।

उक्त समापन समाहरोहको अध्यक्षता कूश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्माले गर्नु भएको थियो । कार्यक्रममा स्वागत एकता यूवा क्लवका अध्यक्ष तथा वडा नं. ५ का वडा सदस्य नरेन्द्र वहादूर क्षेत्रीले र कार्यक्रममा सहभागी भएका सवैलाई धन्यवाद सिसेफ महिला समूहका अध्यक्ष ईश्वरी पाठकले दिनू भएको थियो । कार्यक्रमको संचालन सिसेफ महिला समूहका सचिव कामना रेग्मीले गर्नु भएको थियो ।

उक्त अभियानको संयोजन कूश्मा नगरपालिका वडा नं. ५ ले गरेको थियो भने कार्यक्रमको आयोजना एकता यूवा क्लव र सीसेफ महिला समहले गरेका थिए । उक्त अभियानमा जिल्ला स्थित कार्यालय प्रमूख,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमूख,नागरिक समाज,पत्रकार र वडावासी सवैको उपस्थिति रहेको थियो ।









