१९ असार
पर्वत–नेपाली राजनितिकका शिखर पुरुष, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९५ औं जन्मजयती पर्वत पनि मनाईएको छ । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाई कार्य समितिले श्रद्धा सुमन कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल विद्यार्थी संघ पूर्व केन्द्रिय सदस्य रामचन्द्र जोशीले २०६२र६३ सालको जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाले देश र जनताको लागि गरेको महत्वपूर्ण योगदान विर्सन नहुने बताउनु भयो । पार्टी एकता, सङ्गठन विस्तार र लोकतन्त्रको मूल्य, मान्यताको जगेर्ना गर्ने दिशामा गिरिजाबाबुले देखाएको बाटोमा कार्यकर्ता पङ्क्ति अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य बसन्त सि.के, महाधिवेशन प्रतिनिधी युवराज जोशी, नेपाल विद्यार्थी संघ पर्वतका संस्थापक अध्यक्ष कुलप्रसाद उपाध्यायले नेपाली काँग्रेसको तागत भनेकै जनता र पार्टी कार्यकर्ता भएकाले अव काँग्रेस पार्टीको सङ्गठन विस्तार गर्न गाउँ तहसम्म पुग्नुपर्ने बताउनु भयो ।
नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका इकाई सभापति शिशिर शर्मा पौडेलको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ईकाई सचिव सन्तोष पाठकले गर्नुभएको थियो ।
नेपाली राजनीतिका शिखर पुरुषका रुपमा परिचित कोइरालाको जन्म विक्रम संवत १९८७ असार १८ गते भारत विहार राज्यको टेडी भन्ने गाउँमा भएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको विरोध गरेको आरोपमा भारतमा निर्वा्सित जीवन विताउने क्रममा बाबु कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाको कान्छा छोराको रुपमा उहाँको जन्म भएको थियो ।
विराटनगरको जुटमिलबाट मजदूर नेताबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका कोइराला बिभिन्न समय गरी पाँचपटक प्रधानमन्त्री हुनुभयो । उहाँकै अगुवाईमा देशमा दोस्रो जनआन्दोलन भएको थियो । कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो ।









