१९ असार
पर्वत । पर्वत स्थित लायन्सका पाँचवटा क्लबको पद्हस्तान्तरण तथा पद्स्थापन ०१८÷०१९ समारोह सम्पन्न भएको छ । आईतबार लायन्स क्लब अफ पर्वत चौतारीका अध्यक्ष पुरोषक्तम आचार्यले बर्ष १८÷१९ का अध्यक्ष ईश्वरी पाठकलाई पद्हस्तान्तरण गरेका हुन ।
त्यस्तै लायन्स मोदीकाली पर्वतका अध्यक्ष राजन जोशीले बर्ष १८÷१९ का गोविन्द् शर्मालाई हस्तान्तरण गरेका हुन । मोदीकालीका अध्यक्ष गोविन्द प्रसाद शर्माले नयाँ कार्यकाल शुभारम्भ गर्दै समाज सेवी अधिवक्ता अपाङ्गता भएका व्यक्ति भोलानाथ शर्मालाई सम्मानित गरेको हुन । यस्तै सोमबार लायन्स कुश्मा सिटीका अध्यक्ष रिता भण्डारीले बर्ष १८÷१९ का अध्यक्ष सरस्वति शर्मा जिज्ञासुलाई पद्हस्तान्तराण गरेकी हुन ।
लायन्स शिवालयका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बर्ष १८÷१९ का मानकुमारी गिरीलाई पद्हस्तान्तरण गरेका हुन । यस्तै लायन्स बिज सिटीका पूर्वअध्यक्ष शिव अधिकारीले बर्ष १८÷१९ का बिमल शर्मा पौडेललाई हस्तान्तरण गरेका हुन ।
सोही अवसरमा लायन्स कुश्मा सिटीका हालै पदस्थापन भएका अध्यक्ष सरस्वति शर्मा जिज्ञासुले अपाङता भएर पनि सगरमाथाको सफल आरोहण गरेर र्फकेका जैमिनी बाग्लुङका अमिट के.सीलाई क्षमताको कदर गर्दै सम्मान पत्र हस्तातरण गरिएको थियो ।
यस्तै लायन्स क्लब अफ शिवालयको बर्ष १८÷१९ का अध्यक्ष मानकुमारी गिरीले अशक्त पाङताभई कुश्मामा व्यवसाय सञ्चालन गर्दै सफल व्यवसायको रुपमा स्थापित भएका भरत मल्ललाई सम्मान गरेकी थिइन् । पद्स्थापन कार्यक्रममा बर्ष ०१७÷०१८ का सवै अध्यक्षहरुले नयाँ पदस्थापन अध्यक्ष र आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई सम्मान संगै आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा डिस्ट्रक ऐडभाईजर बसन्त कुमार कर्माचार्य प्रमूख आतिथ्यता रहेको थियो । भने,लायन्स पर्वतका पीओआर डा.चुणमणी शर्मा आचार्य,रिजनलका सदस्य सरस्वति भणडारी, डिस्ट्रक सदस्य लोखनाथ उपाध्याय, चित्रकला शर्मा लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन लायन्स शिवालयका सचिव गणेशमान् श्रेष्ठले गरेका थिए ।









