१७ असार
खानेपानी मन्त्री बिना मगरले आफ्ना स्वर्गीय श्रीमान प्रकाश दाहालको आज जन्म परेकोले जन्मदिनको शुभकामाना दिएकी छिन । उनले लेखेकी छिन ‘प्रिय प्रकाश तिमीसंग जिउने रहरहरू मुटूभरी गाँठों पारी राखेकिछु ।’ प्रकाशसँग विहे गर्दा भोग्नुपरेका पिडा लालछनाहरु तिर पनि इंगित गरेकी छन् जन्मदिनको जस्तै गरेर क्यान्डील जलाएको फोटो र साथमा केहि फोटो राख्दै तिमीलाई पर्खिरहेकी छु, प्रकाश तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै यस्तो लेखेकी छिन:

प्रिय प्रकाश तिमीसंग जिउने रहरहरू मुटूभरी गाँठों पारी राखेकिछु । मुस्किलले पाएको खुसी सम्हाल्दै संगै बिताएका बिगतको स्वर्णिम पलहरू आज मेरो जिउने साहारा बनिरहेको छ ।बिचित्रको पिडाले छाती पोलिरहेको छ । मुटू निमोठिए झै बेचैनिमामन छटपटिरहेको छ । सधै खुसी छाउने आजको रातले केबल आँसु दिईरहेको छ । तिमी नफर्किने गरी मलाई छोडी गयौ यो हुनैसक्दैन । तिमीलाई पर्खिरहेकी छु । तिमीलाई जन्मदिनको शुभकामना ……………… सिधान्युज बाट









