१७ असार
पर्वत । सामूदायिक सेवा केन्द्र पर्वतको अध्यक्षमा शिवप्रसाद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शनिवार कुश्मामा सम्पन्न ५ औं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्य चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा तुप्ला शाक्या,द्धितिय उपाध्यक्षमा तिला गिरी कृष्ण,सचिवमा राजन जोशी र कोषाध्यक्षमा नारायण कुवंर चयन हुनुभएको छ । सदस्यहरुमा राम गिरी,राजन गुरुङ,क्रिलोचन शर्मा,र्निमल बिश्वकर्मा,अर्जुन चापाँगाई,एकनारायण चालिसे,नयन्नाथ गौतम,रबि कुमार श्रेष्ठ,तारा गिरी,सरस्वति शर्मा जिज्ञासु,सरस्वति भण्डारी र दिपेन्द्र गिरी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मान कुमारी गिरीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि. पौडेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले समाज र नागरिकका बीचमा सहकार्यको वातावरण तयार गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले समाजमा प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सुरक्षाको प्रत्याभूत गर्न सकिने धारणा व्यक्त गर्नु भयो । उहाँले समाजमा भएका बिकृती अन्त्य गर्न सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कानुनको पालना गराउन र जन्ताको सुरक्षा कवचको रुपमा काम गरेको बताउनु भयो । कार्यक्रममा निमित्त बरिस्ठ प्रहरी उपरीक्षक दिपक रेग्मी, कुश्मा नगरपालिकाका उप प्रमुख सीता काफ्ले लामिछाने, प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सामुदायिक सेवा केन्द्र बाग्लुङका अध्यक्ष दुर्गा बहादुर आचार्य, सल्लाहकारका तर्फबाट परशुराम पुरी लगायतले मन्तव्य राख्नु भएको थियो ।