१७ असार
रौतहट- पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको लमाहा जंगलमा अज्ञात समूहले रोकिराखेको ट्रकमा आगजनी गरेको छन्। शनिबार दिउँसो करिब ३ बजेतिर ना३ख ३८४२ नम्बरको ट्रकमा आगजनी भएको हो। ट्रकमा लागेको आगो चन्द्रपुर नगरपालिकाको बारुण यन्त्र र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

पूर्वबाट पश्चिमतर्फ गएको अवस्थामा रोकिराखेको ट्रकमा आगजनी हुँदा ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। उक्त ट्रक कसको हो भन्ने अझै कसैलाइ थाहा नभएको प्रहरीको भनाइ छ। आगो कसले लगाएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सो क्षेत्रमा अज्ञात समूहले पटकपटक सवारी साधनमा आगजनी गदै आएका थिए।
thahakhabar