१ असार
पर्वत र नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले कुनै पनि नेपाली अब उपचार नपाएर अकालमै मर्नु नपर्ने बताएकी छन ।
पर्वतलाई मूलुकको ४५ औं पूर्ण खोप सुनिश्ति जिल्ला घोषण समारोहमा बोल्दै उनले यस्तो सरकारले हरेक नेपालीले उपचार पाउने अवस्था सृजना गर्न लागेकाले अकालमा कसैले ज्यान गुमाउने अवस्था अन्त्य हुने बताएकी हुन ।
उनले मूलुका हरेक नगर र गाउँपालिकामा सरकारले अब नयाँ आर्थिक बर्षबाट १५ सौयाको अस्पताल स्थापना गर्ने बताई्न । पर्वत जिल्ला मुलुकको ४५ औं पूर्ण खोप सुनिश्ति जिल्ला घोषण हुनु नेपाल सरकारको ठूलो उपलब्धी भएको बताईन् । सो अवसरमा बोल्दै अर्यालले खोप लगाउनु ११ बटा रोगवाट बाँच्नु रहेको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिन समेत आग्रह गरिन् । प्रतिनिधि सभाका सदस्य पदम गिरिले स्वास्थ्य मानिसको ठूलो सम्पत्ति भएकोले स्वास्थयसेवामा तल्लीन स्वास्थ्यमर्कीलाई राज्यले सम्बोधन गर्ने बताए ।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रमुख बिषेशज्ञ सुशिलनाथ पोख्रलले समग्रमा यो अभियान नसकिएको बताए । उनले भने,‘ अव जन्मने बच्चालाई समाय अनुसार लगाउने अर्को दायित्व आएको उल्लेख गरे । वि।स ०७० असार ३१ मा लुङखु पहिलो पूर्ण खोप वडा घोषण भएको हो ।भने,राम्जा गत बैशाख ०८ गते पूर्ण खोप सुनिश्ति वडा घोषण भएको हो ।
कार्यक्रममा पर्वत जिल्लाका प्रमूख जिल्ला अधिकारी,जनप्रतिनिधि,स्वास्थय कार्यलयका प्रतिनिधि, राजनितिक दलका प्रमूख तथा प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत जिल्ला अस्पतालका प्रमूख बुद्धि बहादर थापा,स्वास्थ्य अधिकृत सजिना मर्हजन,स्वास्थ्यकर्मी यामप्रसमद शर्मा लगायतले बोलेका थिए ।
घोषण समारोह पूर्व ¥याली,बाजा गाजा,नारा सहित कुश्मा बजारको परिक्रमा भएको थियो ।जिल्ला स्थित सामूदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुलाई नृत्य प्रस्तुतु गरे वापत प्रोत्साहन रकम ५ हजार,स्वास्थ्यकर्मीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि। पौडेलको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।