३० जेठ
कूश्मा पर्वत । पर्वत जिल्ला वाट लघूउद्यम विकास कार्यक्रम वहिर्गमन हूने भएको छ । सन् १९९८ वाट लागु भएको लघूउद्यम विकास कार्यक्रम २० वर्ष पछि जूलाई वाट वहिर्गमन हुन लागेको हो । संयूक्त राष्ट्रसंघको सहयोगमा शूरुभएको लघुउद्यम विकास कार्यक्रम पछिल्लो समय अष्ट्रेलियन सरकार लगायतले सहयोग गरेका थिए । नेपालको ७७ वटै जिल्लामा लागू भएको लघुउद्यम विकास कार्यक्रम सवै जिल्ला वाट वहिर्गमन हून लागेको हो । हिजो पर्वत जिल्लाको उद्यम विकास समितिको वैठकमा लघूउद्यम विकास कार्यक्रमका सरकार सहयोग तथा वजार विकास विशेषज्ञ करुणा पूलामी मगरले पर्वत जिल्लामा हाल सम्म लघूउद्यम विकास कार्यक्रमले पू-याएको सहयोगको वारेमा जानकारी गराउनू भयो । मेड्पा मोडेलको वारेमा समेत जानकारी गराउदै पर्वत जिल्लामा हाल सम्म ३४०५ लघूउद्यमी रहेको जानकारी दिनू भयो । ३४०५ जना मध्ये २३७१ सकृय,५९४ निष्कृय,७३ जना वसाईसराई गरेर गएको,१९ जनाको मृत्यू भएको, ३४८ जनाले उद्यम छाडेर अन्य काममा लेगेको डाटा प्रस्तूत गर्नुभएको थियो ।

जिल्लामा १ वटा लघूउद्यमी संघ,७ वटा जिल्ला लघूउद्यमी समूह संघ र २९२ जना लघूउद्यमी समूह रहेको जानकारी गराउनू भयो । मेड्पा मोडेललाई नेपाल सरकारले विस्तारै आन्तरीकरण गदै लगेको जानकारी गराउदै स्थानिय तह फलेवास,मोदी र जलजलाले वजेट नै विनियोजन गरेर काम अगाडी वढाएको जानकारी गराउनू भयो । उहांले जानकारी पश्चात ३४०५ जना लघूउद्यमीहरुको डेटा विवरण समेत जिल्ला लघूउद्यम किास समितिका सदस्य सचिव घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत विष्णू न्यौपानेलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा जिल्ला उद्यम विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले लघूउद्यम विकास कार्यक्रमले पर्वत जिल्लामा पू-याउको सेवा तथा योगदानका लागी धन्यवाद ज्ञापन गर्नु भयो । अव स्थानिय सरकारले नै यो मोडेललाई लागू गरि निष्कृय उद्यमीहरुलाई सकृय वनाउने जानकारी दिनू भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कविता वि क,जिल्ला समन्वय समिति पर्वतका समन्वय अधिकारी विष्णु प्रसाद भूषाल, नासू देवि शर्मा,उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष ठाकूर वि पौडेल,सेवा पर्वतका गणेश अधिकारी,लघुउद्यमी संघ पर्वतका उमाकान्त शर्मा,पर्वत जिल्लामा जेभि कार्यक्रम गरिवी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम संचालन गर्ने चौतर्फी विकास श्रोत मन्चका कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्री,कार्यक्रम संयोजक ज्ञानेन्द्र वहादूर वानिया , ग्रामिण उद्यमशिलता विकास केन्द्र वाग्लुङका सचिव अनिता तिवारी,सूरेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पर्वत जिल्लामा आ व ०७४\०७५ का लागी संचालन भएको गरिवि निवारणका लागी लघूउद्यम विकास कार्यक्रमको हाल सम्म गरेका गतिविधिहरको वारेमा प्रगति विवरण कार्यक्रम संयोजक ज्ञानेन्द्र विक्रम वानियाले प्रस्तूत गर्नु भएको थियो ।
पर्वत जिल्लाका ७ वटा स्थनिय तह अन्तरगत मोदीमा ६९२,कूश्मामा ६४९,फलेवास ५४२,जलजला ५६९,विहादी ३०५,पैयू ३१०,महाशिला ३३८ जना लघूउद्यमी रहेका छन् ।