२७ जेठ
कूश्मा पर्वत । महिलाहरुको क्षमता विकास, शसक्तिकरण र सामूदायिक विकास गर्ने उद्धेश्यका साथ कूश्मा नगरपालिका वडा नं. ५ ओमशान्ति टोलमा महिला समूह गठन भएको छ । आज भएको २८ जना महिलाहरुको भेलाले शान्ति जागरण महिला समूह नामकरण गरि स्थापना गरिएको महिला समूहको अध्यक्षमा मिना थापा वानिया लाई चयन गरेको छ । त्यसै गरि उपाध्यक्ष तारा देवी के.सी,सचिव विन्दू मल्ल,कोषाध्यक्ष लक्ष्मी कूमारी क्षेत्री,सहसचिव मैना कूमारी गूरुङ र सदस्यहरुमा जसमाया पून,पवित्रा रेग्मी,दुर्गा श्रेष्ठ,राधिका के सी,कमला पून र माया अर्याललाई चयन गरेको छ ।
उक्त भेलामा आपनो विचार राख्दै लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्रीले महिलाहरुको आप-नै क्षमता विकास,समूदायको विकास र टोललाई समूहको नाम जस्तै शान्ति र जागरण ल्याउनका लागी यस महिला समूहले सकृय भएर काम गर्ने धारणा राख्नू भयो ।
आज भएको भेलाले समिति गठन गर्दै टोल,सडक सरसफाई गर्ने,सामूदायिक भाडा खरीद गरि समाजमा सेवा गर्ने,सदस्यहरुवाट आर्थिक संकलन गर्ने, कूश्मा नगरपालिका तथा वडा नं. ५ वाट महिला समूहको शसक्तिकरण र क्षमता विका लागी विभिन्न कार्यक्रम माग गर्ने, सामूदायिक भाडा खरिदका लागी आवश्यक सहयोग माग गर्ने,मासिक वैठक वसी टोलको विकासका लागी कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ ।
उक्त भेलाले महिला समूहलाई चूस्त दूरुस्त संचालन गर्नका लागी विधान मस्यौदा समिति समेत गठन गरेको छ । जस्मा संयोजक मैना कूमारी गरुङ,सदस्यमा विनु कूवर पौडेल र पवित्रा रेग्मी रहनू भएको छ ।
ओमशान्ति टोल सफा र नमूना टोलको रुपमा रहदै आएको छ । यस टोलमा विभिन्न स्थानवाट वसाईसराई गरेर आएका व्यक्तिहरुको वसोवास रहेको छ ।









