२६ जेठ
काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिँदै गएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था थप गम्भीर बनेपछि अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

न्यूरो अस्पतालका तारा अधिकारीले डा. देवकोटाको स्वास्थ्य अवस्था थप गम्भीर बनेको र अहिले आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए । ‘डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर छ, उहाँलाई हामीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेका छौं,’ अधिकारीले डा. देवकोटाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने । तर यता भने सामाजिक संजालमा मृत्यूको खवर भाईरल वनेको छ ।
पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा गत वैशाखदेखि न्यूरो अस्पताल बाँसबारीमा उपचाररत छन् । त्यसअघि उनको बेलायतस्थित किङ्स कलेज हस्पिटलमा उपचार भएको थियो । ५ महिना लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि गत वैशाख १८ गते देवकोटालाई नेपाल ल्याएर उनले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।