२५ जेठ
कूश्मा पर्वत । लायन्स क्लव अफ पर्वत गूप्तेश्रर पर्वतमा नयां क्लवको रुपमा स्थापना भएको छ । पर्वत जिल्लाको कुश्मा वजारमा आज लायन्स मोटिभेसन कार्यक्रम संपन्न भएको छ । प्रमूख प्रशिक्षक लायन्स डिस्ट्रीक ३२५ वि १ का चिफ एडभाईजर चन्द्र कूमार केसीले सहजिकरण गर्नु भएको थियो । समाज सेवामा कृयाशिल अन्तराष्ट्रिय संस्था लायन्सले पर्वत जिल्लामा थप सेवा गर्नका लागी नयां संस्था स्थापना गरेको जनाएको छ । १०१ वर्ष भन्दा अगाडी स्थापना भएको लायन्स विश्वभरी समाजसेवाका साथै मानविय सेवामा कृयाशिल रहेको छ ।
आज भएको उक्त मोटिभेसन कार्यक्रम स्पोन्सर क्लव लायन्स क्लव अफ कूश्मा सीटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारीले गर्नु भएको थियो भने कार्यक्रममा जिएलटि कोअर्डिनेटर लेखनाथ उपाध्यायले शूभकामना व्यक्त गर्नु भएको थियो । लायन्स क्लव अफ पर्वत गूप्तेश्रवरमा हरीओम शर्मा लामिछाने अध्यक्ष,प्रथम उपाध्यक्ष मूना शर्मा लामिछाने,द्धितिय उपाध्यक्ष यम प्रसाद शर्मा,तृतिय उपाध्यक्ष कल्पना ढकाल सचिव अर्जुन शर्मा निर्जन,कोषाध्यक्ष डासीराम शर्मा,एलसीआई कोअर्डिनेटर गणेश पौडेल,सदस्यता वृद्धि संयोजक कमल जिसी रहनू भएको छ ।
पर्वत जिल्लामा ५ वटा लायन्स क्लवहरु कृयाशिल रहेका छन् यस क्लव संगै लायन्स क्लवको संख्या ६ वटा पूगेको छ । हाल यस क्लवमा ५५ जना सदस्य रहेको कूरा लायन्स क्लव अफ पर्वत गुप्तेश्रवरका प्रथम उपाध्यक्ष मूना शर्मा लामिछानेले जानकारी दिनूभयो ।