२५ जेठ
कूश्मा पर्वत । स्थानिय तहका जनप्रतिनिधहरुका लागी एच आई भि एड्स संवन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । आज भएको उक्त अभिमूखिकरण कार्यक्रमका प्रमूख अतिथि कूश्मा नगरपालिकाका उपप्रमूख सीता काप-ले लामिछानेले स्थानिय सरकारले एचआई भि एड्स संग सम्वन्धित कार्यक्रमहरु सघनरुपमा चलाउनु पर्नेमा जोड दिनूभयो । एच आई भि लाग्नू पूर्व सचेत हूनू पर्दछ सचेत हूनका लागी विभिन्न खालका सचेतनामूलक कार्यक्रम चलाउन जरुरी रहेको छ । स्थानिय तहका जनप्रतिनिधिहरुलाई यस्ता सचेतनाका कार्यक्रमहरु संचालन गर्नुले आगामी आ व मा वजेट विनियोजन गरि लागू गर्न सहयोग पूग्ने कूरामा जोडदिनू भयो । एचआई भि एड्स संक्रमिणत हरुलाई समाजमा लगाईने लान्छाना र विभेदलाई जनप्रतिनिधिहरुले चिर्नुपर्नेमा वताउनू भयो । उहांले आगामी आ व मा कूश्मा नगरपालिकाले एचआई भि एड्सको वारेमा सचेतना संवन्धि कार्यक्रम र क्षमता विकासका गतिविधिहरुमा वजेट विनियोजन गर्न कार्यपालिकामा प्रस्ताव गर्ने समेत प्रतिवद्धता जनाउनू भयो ।

त्यसै गरि कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्मा र वडा नं. ३ का अध्यक्ष तेज प्रसाद पाध्याले एचआइृभि एड्स रोगीहरुलाई गरिने विभेद र लान्छानाहरुको विषयमा जनप्रतिनिधिहरुले सचेतीकरण गरि त्यस्ता भ्रमहरुलाई समूदाय स्तरमा सचेतना जगाउनू पर्नेमा जोड दिनू भयो । उहांले एचआईभी एड्स भएका व्यक्तिहरु समाजमा खूलेर आएमा वडाको वजेट विनियोजन गरि कार्यक्रममा सहयोग गर्ने धारणा राख्नू भयो ।

चौतर्फी विकास श्रोत मञ्च पर्वतका अध्यक्ष कालिका प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त अभिमूखिकरण कार्यक्रममा सहजिकरण कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्रीले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव शिवराज शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रममा कूश्मा नगरपालिकाका १४ वटा वडाका अध्यक्ष तथा सदस्यहरु गरि २४ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्र काठमाडौंको सहयोगमा राष्ट्रिय एचआईभि एड्स महासंघ नेपाल र चौतर्फी विकास श्रोत मञ्च पर्वतको आयोजनामा कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रम पर्वत,वाग्लूङ र म्यग्दी जिल्लामा संचालनमा रहेको छ ।