२५ जेठ
पर्वत, विश्व वातावरण दिवसको अवसरमा आदर्श अंग्रेजी आ. मा. वि.का आवासीय तथा दिवा विद्यार्थीहरुले आफ्नो वरपरमा भएको फोहोर मैला संकलन तथा व्यवस्थापन गर्दै वातवारण सरसफाइ तथा संरक्षण विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
विभिन्न किसिमका फोहोर जन्य पदार्थ तथा प्लाष्टिकहरुको प्रयोगले वातवारणमा पारेको असरका वारेमा समाजमा जनचेतन फैलाउने उद्देश्यका साथ विद्यार्थीहरुले विद्यालयमा कार्यशाला गोष्ठी कार्यक्रम आयोजना गरेको कुरा सहभागी विद्यार्थी समृद्ध पौडेलले वताएका छन् ।
अन्तराष्ट्रिय अवार्ड विजेता विद्यालयले यस्ता कार्यहरुलाई आफ्ना परियोजना कार्यका रुपमा गरी अन्तराष्ट्रिय विद्यालयहरुस“ग सहकार्य गर्दै आएको कुरा विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले बताउनुभयो । उहा“ले विद्यार्थीले किताबी ज्ञानलाई आफ्नो जीवनोपयोगी बनाइ असल समाज र राष्ट्र निर्माण गर्ने कार्यमा समाजस“ग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने कुरा बताउनुभयो । समाजको अग्रणी व्यक्तित्व मानिने विद्यार्थी वर्गले समाजमा यस्ता राम्रा कार्यहरुलाई निरन्तरता दिनुपर्ने साथै जनचेतना फैलाउने काम गर्नुपर्ने कुरा बताउनुभयो ।
विद्यालयमा कार्यशाला गोष्ठीको आयोजना गरी वातावरणको महत्व, यसको संरक्षण कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
विश्व वातावरण दिवसको अवसरमा आदर्श आवसीय मा वि का विद्यार्थीहरुले इको क्लव स्थापना गरेका छन् । यस क्लवले वातावरण संरक्षणमा अहम भूमिका खेली समाजमा योगदान पु-याउने छ ।
वातवारण प्रदूशणका कारण जलवायु परिवर्तन हु“दै गएको र समाजका सचेत वर्ग शिक्षक, विद्यार्थीहरुले वेलैमा सचेत रहनुपर्ने कुरा विद्यालयका एकेडेमिक इन्चार्ज कमल थापाले बताउनुभयो । विद्यालयले यस्ता कार्यहरुलाई आगामि दिनमा समेत निरन्तरता दिने कुरा सहायक एकेडेमिक इन्चार्ज मिन बहादुर थापाले जानकारी दिनूभयो । उक्त कार्यक्रममाथि प्रकाश पार्दै यसको महत्वका वारेमा लेखा प्रमुख धर्म बहादर पौडेल क्षेत्रीले स्पष्ट पार्नुभएको थियो भने उक्त कार्यक्रमको वारेमा कार्यशाला गोष्ठीको संचालन सहायक इ. सि. ए. इन्चार्ज नारायण पौडेलले गर्नुभएको थियो ।