२२ जेठ
ललितपूर । विद्यार्थी नेताहरुले आफ्नो जन्म दिन मनाउने क्रममा आज नेपाल स्नेहिकाख , ललितपूरमा रहका २५ जना मानसीक रोगीका विरामीहरुलाई भोजन गराएर मनाएका छन् । विद्यर्थी नेताहरु रोशन तिवारी र सन्तोष चापागाईले उक्त स्नेहिकाख ललितपूरका अध्यक्ष श्री निहा पोख्रेलको संचालन गरेको संरक्षण गृहमा गई उनले गरेका कार्यलाई थप सहयोग पूगोस भनि उक्त कार्यक्रम संचालन गरेका हुन । पर्वत जिल्ला कूर्घामा जन्मेका सन्तोष चापागाई ने. बि. संघ विश्वबिधालय सचिव हून भने रोशन तिवारी उरामपोखरा जन्मेका त्रि वि ने .बि.संघका विद्यार्थी नेता हुन । स्नेहिकाख ललितपूरले सडकमा रहेका मानसीक सन्तूलन गूमाएका मानिसहरुलाई संरक्षण गृहमा लगेर उपचार गर्ने कार्य गरिरहेको छ । उक्त संरक्षण गृहमा हाल २५ जना मानिसहरुले उपचार गराईरहेका छन् ।
उक्त गृहमा रहेका विरामीहरुलाई भोजन गराउन पाउदा हामी धेरै खूशि भएको विद्यार्थी नेताहरुले वताए । साथै त्रिबि ने .बि .संघ का नेता हिमाङक भण्डारी ,पन्कज सुवेदी जन प्रसासन का स्वबियु सभापति तेस्तै गरि मनोज फ्युयाल,सुदिप लामिछाने लगाएत को उपस्थित थियो ।उक्त संरक्षण केन्द्रमा आई सहयोग गरेकोमा संस्थाका अध्यष श्री निहा पोख्रेलले विद्यार्थी नेताहरुलाई धन्यवाद ज्ञापन गरेकी थिईन ।









