२० जेठ
काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले प्रत्यक्ष चुनाव लड्न चुनौती दिने सांसदहरुलाई धन्यवाद दिएको छ ।
बजेटको प्रारम्भीक छलफलका क्रममा उठेको प्रश्नको आइतबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आफू आरोप प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए । उनले प्रत्यक्ष चुनाव लड्न सुझाव दिएकोमा सांसदहरुलाई धन्यवाद दिए ।
निर्वाचन क्षेत्र निर्वाचन कार्यक्रमको शीर्षक फेरेर स्थानीय जनप्रतिनिधि समेत रहेको संयन्त्र बनाउने व्यवस्था गरेपछि सांसदहरुले चर्को विरोध गरेका छन् । कतिपयले त खतिवडालाई चुनाव लडेर आउन चुनौती दिएका थिए ।









