२० जेठ
कूश्मा पर्वत । स्वास्थ्य कर्मीहरुका लागी दुई दिने मानवअधिकार तथा स्वास्थ्य नैतिकता तालिम शूरु भएको छ । आज कूश्माको होटल फ्रेण्डलीमा शूरु भएको हो । उक्त कार्यक्रमका प्रमूख अतिथि कूश्मा नगरपालिकाका उपप्रमूख तथा निमित्त नगर प्रमूख सीता काप-ले लामिछानेले उद्धघाटन गर्दै स्वास्थ्य मानव जिवनको उर्जा हो स्वास्रथ्य व्यक्तिले मात्र समाज र राष्ट्रलाई योगदान गर्न सक्दछ । त्यसकारण मानिसको अमूल्य धन भनेको स्वास्थ्य हो । यसलाई वचाई राख्रनका लागी हाम्रा खानपान,आहार व्यवहारमा ध्यानदिनु पर्ने हून्छ ।

मानिस जव रोगी वन्दछ तव स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीकोमा पूग्ने गर्दछ त्यस भन्दा अगाडी वेलावेलामा स्वास्थ्य परिक्षण गर्न जरुरी रहेको हून्छ । स्वास्थ्य संस्थामा जाने विरामीहरुका लागी स्वास्थ्यकर्मीले मानवअधिकार मैत्री व्यवहार गर्न जरुरी छ । अझ एचआईभी रोग संग सम्वन्धित विरामीहरुका लागी उचित परामर्श तथा मानव अधिकार मैत्री व्यवहार गर्न जरुरी रहेको हून्छ । त्यस तर्फ सवै स्वास्थ्यकर्मीहरुले यस तालिमवाट थप हौसला,ज्ञान र उर्जा पाउनेछन् र फिल्डस्तरमा लागू गर्नेछन् भन्ने आशा व्यक्त गर्नु भयो । तालिमको सफलताको शूभकामना समेत व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सजिना महर्जनले तालिममा छलफल भएका विषयहरु आप्नो कार्यक्षेत्रमा प्रयोग गर्नका लागी सवै स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । त्यसै गरि चौतर्फी विकास श्रोत मञ्च पर्वतका संस्थापक अध्यक्ष तथा वर्तमान कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्रीले तालिममा उपस्थित सवै सहभागीहरुलाई स्वागत गर्दै तालिमको उद्धेश्यमाथी प्रकाश पार्नु भएको थियो । तालिम कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कालिका प्रसाद शर्माले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव शिवराज शर्माले गर्नुभएको थियो ।
उक्त २ दिने तालिममा जिल्ला जन स्वास्थ्य अधिकृत सजिना महर्जन,एचआईभि एड्स फोकल प्रर्सन जनआर्दन गिरी,सिडीआरएफका कार्यकारी प्रमुख गणेश वहादूर क्षेत्री, कूश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटा लगायतले सहजिकरण गर्नुहूने भएको छ ।
तालिम कार्यक्रममा कूश्मा नगरपालिका स्थित २० जना स्वास्थ्य संस्थाका ईन्चार्ज तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC ) को आर्थिक सहयोगमा राष्ट्रिय एचआईभि एड्स महासंघ नेपाल ( NAP+N ) तथा चौतर्फी विकास श्रोत मञ्च पर्वतको साझोदारीमा पर्वत वाग्लूङ र म्याग्दीमा कार्यक्रम संचालन भएको छ ।









