१९ जेठ
पर्वत । पर्वतको फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्साभेटरमा अज्ञात समूहले आगो लगाएका छन् ।

शुक्रबार राति ११ बजेको समयमा फलेवास नगरपालिका–५, खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रा।लि।को एक्साभेटरमा आगो लगाइएको हो ।

पेट्रोल खनाएर एक्साभेटरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्साभेटर पूर्णरुपमा क्षति भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले राति ११ बजे अज्ञात व्यक्तिले एक्साभेटरमा आगो लगाएको बताउनुभयो ।

जैमिनीघाटबाट बाटो चक्लाबन्दी गर्दै झकलाकसम्म पुर्याएर रोकिराखेको एक्साभेटरमा आगो लगाइएको हो । फलेवास नगरपालिकाले प्रदेश राजधानीसम्म जोड्नका लागि फलेवासबाट सडकलाई ११ मिटर फराकिलो बनाउने कार्य गरिरहेको छ ।
यसरी अज्ञात समूहले जलजलाका प्रमुख रामकृयण मल्लको एक्साभेटरमा पनि यसरी नै आगो लगाएका थिए । त्यसको अनुसन्धान जारी रहेको छ । तर प्रहरीले हाल सम्म कसैलाई हाल सम्म कसैलाई पक्डन सकेको छैन ।