१९ जेठ
पर्वत,सालीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भिनाजूलाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर ८ स्थित चुवाका दुर्गाबहादुर जिसीलाई प्रहरीले विहिवार पक्राउ गरेको हो । जिसीकी पत्नी सुत्केरी रहेको अवस्थामा उनले सालीलाई ससूराली घरमा नै गएर बिहिबार बिहान अन्दाजी पाँच बजेको समयमा मुख थुनेर जबरजस्ती करणी गरेको उजुरी सालीले भिनालाई दिएकी छिन् ।
साली कुश्मा नगरपालिका वडा नम्बर २ स्थित खुर्कोट घरमा थिइन् । पटक–पटक जबरजस्ती गर्दै आएका जिसीले बिहिबारको घटनापछि सालीले भिनाजूका विरुद्ध प्रहरीलाई खबर गरेकी हुन । उजुरी परेपछि निज दुर्गा वहादूर जिसीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याई अनूसन्धान शूरु गरेको छ ।
दुर्गा वहादूर जिसीलाई प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत जवरजस्ती करणी अन्तरगत मूद्धादायर गरि अनुसन्धान अगाडी वढाईएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।