१८ जेठ
पर्वत । कवि तथा गीतकार लेखनाथ शर्माद्धारा लिखित भक्तिपरक गिती कविता ‘हरिदर्शन भजन माला ’ विमोचन भएको छ ।
चौतर्फी विकास श्रोत मञ्च पर्वतकोे आयोजनामा शुक्रबार कुस्ममा कृति विमोचन भएको हो । कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय सरल कवि शान्ति नारायण श्रेष्ठले कृतिको विमोचन गर्दै कृति निकै मार्मिक रहेको बताए । उनले ‘हरिदर्शन भजन माला ’ ले आधुनिक पिढिलाई आस्था वढाउन तथा हिन्दू धर्मको महिमा वढाउने वताए ।

पर्वत साहित्य संगमका सचिव एवंम उक्त कृतिका समिक्षक डिल्लीराम शर्मा (डि आर ) ले यसमा भगवान हरिको चर्चा गरेको बताए । भगवान कृष्ण लिला समेत यसले बाहिर ल्याउने प्रयत्न गरेको समेत उनले बताए । सो अवसरमा कवि तथा गीतकार लेखनाथ शर्माले कृति भक्तिपरक भएको प्रस्ट पारे । उनले आफना पिताको धार्मिक क्षेत्र प्रति मोह रहेको सुनाए । सानै उमेरदेखि आफुले धार्मिक भजन कृतन गर्दै हिडेको उनले बताए । उनले भने,‘३८ बर्ष सम्मको शिक्षण अबधिमा विद्यार्थीहरुलाई पढाउदाँ समेत नाटकिय् रुपमा अध्यापन गराउँदै भजनकृतनको प्रचारप्रसार गरेको सुनाए । उनले हाल सम्म चारवटा भजन माला कृति प्रकाशन गरेका छन् ।

उनका भावना लोक तथा आधुनिक गीत सङ्ग्रह–२०७१,चुडामणि भजन सङ्ग्रह–२०७३,गौरी शंकर तीज गीत मञ्जरी–२०७३ प्रकाशन भएका हुन । भने,चौथो कृति ‘हरिदर्शन भजन माला २०७४ विमोचन भयो । विमोचन समारोहमा पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष ठाकुर वि पौडेल,वरिष्ठ साहित्यकार ईन्द्रकूमार विकल्प, सुन्दर प्रसाद जोशी,मानव अधिकार संगठन पर्वतका सचिव माधव पौडेल,माधुरी साहित्यक पर्वतका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु,कुलप्रसाद पाध्याय,प्रेमप्रसाद रेग्मी लगायतले कृतिको पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

चौतर्फी विकास श्रोत मञ्च पर्वतका अध्यक्ष कालिप्रसाद शर्माको अध्यक्षतामा विमोचन समारोह समपन्न भएको थियो । चौतर्फी विकास श्रोत मञ्च पर्वतका कार्यकारी प्रमुख गणेश बहादुर क्षेत्रीले कार्यक्रममा स्वागत गरेका थिए । धन्यवाद मन्तव्य संस्थाका उपाध्यक्ष नारायण गिरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शिवराजशर्माले गरेका थिए ।










