१६ असार
काठमाडौं । काठमाडौंको ग्राण्डी इन्टरनेश्नल अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ । चितवनबाट विरामी ल्याएर आएको सिमरिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।
ल्याण्ड गरिसकेपछि हेलिप्याडमा हेलिकप्टर अस्वभाविक रुपमा करिब छ फन्का लगाएको थियो । घुमिसक्ने बितिकै हेलिकप्टर उत्तानो परेर हेलिप्याड तल खसेको थियो । फलाम प्रयोग गरेर बनाइएको हेलिप्याडबाट हेलिकप्टर १४ औ तलाको छतमा खसेको प्रत्यक्षदर्शी इन्दिरा तिवारीले बताइन् ।
‘अरु दिन भन्दा आज हेलिकप्टरले धेरै विरामी ल्याइ रहेको थियो । आज हेलिकप्टरले धेरै विरामी ल्याइ रहेको छ कहाँ दुर्घटना भएछ भनेर आफुले भाउजुसँग कुराकानी गर्दा गर्दै आफ्नै आँखै अगाडि दुर्घटना भयो’ उनले भनिन् ।
हेलिकप्टर दुर्घटनामा परेका चालक र विरामीहरुलाई तत्काल उद्दार गरि उपचारमा लगिएको छ । उनिहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ।
दुर्घटना स्थलमा पोखिएको हवाई इन्धनले आगलागी हुने सक्ने डरले पानिको फोहरा लगाइ सफा गरिएको थियो । साथै हेलिकप्टमा आगलागी नहोस भनि उद्दार टोलीले सतर्कता अपनाएको थियो ।
अहिलेसम्म दुर्घटनास्थलमा संचारमाध्यमलाई जान दिएको छैन। दुर्घटनामा परेको हेलिकप्टरको पङखा भाचिएको छ । दुर्घटना लगतै प्रहरी दुर्घटना स्थल पुगेको हाम्रा सहयोगी कृष्ण तामाङले बताए ।









