१६ असार
चलचित्र ‘सत्रु गते’ रिलिज अगाडि नायिका आँचल शर्माको हाइप निकै बढेको थियो । रिलिजपछि भने उनले खासै चर्चा पाउन सकिनन् ।
मल्टिस्टारर यो फिल्म फिल्म व्यवसायिकरुपमा सफल भयो तर क्रेडिट हास्यकलाकारहरुले लगे । ओझेलमा परिन्् आँचल । सत्रु गतेपछि उनले नयाँ चलचित्र साइन गरेकी छैनन् ।

आज आयोजना भएको चलचित्र ‘ब्ल्याक’को एक कार्यक्रममा आँचलले ‘सत्रु गते’ मा अभिनय गरेर पछुताएको घुमाउरो किसिमले इङ्िगत गरेकी छन् । उनले नयाँ चलचित्र साइन नगर्नुको कारण खोल्दै भनिन्-‘अब म ठूलो हुल भएको चलचित्रमा काम नगर्ने सोचमा छु । सत्रु गतेको सफलताको क्रेडिट मैलो सोलो रुपमा लिन पाइनँ । म केही स्वार्थी बन्न खोजेकै हुँ ।’