१५ असार
बझाङ । विप्लव माओवादी कार्यकर्ताले बझाड जिल्लाको दुर्गम मष्टा गाँपालीकाका अध्यक्ष कर्ण बहादुर कठायतलाई कालो मुसो दलेका छन् । गाँउपालीका कार्यालयमा पुगेका विप्लव कार्यकर्ताके समुहले अध्यक्षलाई कार्यलयमा भएको एक बैठक सकेर बाहिर आउदाँ कालो मुसो दलेको प्रहरीले जनाएको छ ।

विप्लव कार्यकर्ताहरुले एक छिन तपाई अध्यक्षसंग काम छ भनेर कार्यालयवाट अलिपर लिएपछि भष्टचारी अध्यक्ष भनेर कालोमुसो दलेको वुझिएको छ । अध्यक्ष लाई कालोमुसो दलेको वरपरका शिक्षक वडा अध्यक्ष लगाएत अन्य सेवाग्रहिहरुले देखेपछि विप्लव कार्यकर्ता र स्थानीयहरु विच केहि झडप भएको प्रत्यक्ष दर्शी गाँउपालीका उपाध्यक्ष भगवती बोहराले जानकारी दिईन । विप्लव समुहका ३० जना भन्दा बढी युवाहरुको समुह मष्टा गएका थियो । विप्लव कार्यक्रताहरु अध्यक्षलाई योजना वाट पैसा माग्ने गरेको , आफन्त र कार्यकर्तालाई योजना दिएको र चन्दा नदिएको आरोप लगाएको छन् ।

अध्यक्ष कर्णले आफ्नो अपमान र मानवअधिकार हनन भएको हुदाँ यसको सवै जिम्मेवार सरकारले लिनु पर्ने वताएका छन् । कुनै कमिकमजोरी भए मौखिक वा लेखीत भन्नुपर्छ तर कसैको चरित्र हत्या र मानहानी अपमान हुने गरि यस्तो कार्य गुर्न गैर कानुनि र अपराधी व्यवहार भएको गुनासो गरेका छन् । जनतालाई त्रर्साउने , जनप्रतिनधि लाई धम्क्याउने काम गर्न नदिने गरेको हुदाँ विप्लवहरु लाई छिटै सरकारले तहलगाउने पर्ने अध्यक्षको भनाई छ ।

केहि दिन यता विप्लव माओवादीहरुले आफ्नो अपराधिक गतिविधिहरु तिब्रपार्दै आएका छन् । दुई दिन अगाडी साईपाल गाँउपालीकाका निमित्त कार्यकारी राधाकृष्ण जोशी लाई पनि कालोमुसो दलेका थिए । विप्लव कार्यकर्ताहरुले जिल्लामा अझै यस्तो कार्वाही हुने भनेर खुलेयाम हिडि रहेका छन् । विप्लवहरुले खासगरि जनप्रतिनिधिहरुले राजिनामा दिनु पर्ने दवाव दिएका छन् ।
मष्टा अध्यक्ष लाई कालोमुसो लगाएपछि मष्टातिर प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सदरमुकाम वाट मष्टा पुग्न ४ घण्टा लाग्ने गर्दछ । उनि नेकपा एमाले बाट निर्बाचित गाँउपालिका प्रमुख हुन् ।