१५ असार
पर्वत । पर्वतका पूर्व कर्मचारीहरुले आफुहरुको अनुभव र सिपलाई राज्यले उपयोग गर्नुपर्ने बताएका छन् । आफुहरु पहिला सेवामा रहँदा बटुलेको अनुभव अहिलेपनि राज्यलाई काम लाग्र्ने भएकाले देशको विकासमा समाहित गर्ने उनीहरुले आग्रह गरेका छन् ।
पूर्व कर्मचारी सेवा परिषद नेपाल जिल्ला कार्य समिति पर्वतको कुश्मामा आयोजना गरेको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले जीवनको लामो समय काम गरेर अनुभवी पूर्व कर्मचारीको सीप, ज्ञान र दक्षतालाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै पूर्व कर्मचारी सेवा परिषद नेपालका पूर्व केन्द्रिय सदस्य कृष्णाप्रसाद बरालले आधा जिवन राज्यको सेवामै विताएपनि राज्यले पूर्व कर्मचारीहरुलाई उपेक्षा गरेको आरोप लगाउनु भयो । उहाँले पूर्व कर्मचारीको अनुभवलाई राज्यले उचित सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतमा पूर्व कर्मचारी सेवा परिषद्ले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषद नेपाल कास्कीका पूर्व उपाध्यक्ष केशवप्रसाद ढकालले राज्यले पूर्वकर्मचारीहरुका सेवा सुविधा कटौती गरेको प्रति ध्यानष्र्कण गराउनु भयो ।
पूर्व कर्मचारी सेवा परिषद नेपाल पर्वतका निर्वतमान अध्यक्ष देवीप्रससाद विलासीले जिल्लाको विकास निर्माण देखी लिएर राज्यको हरेक सफलतामा पूर्वकर्मचारीहरुको सहयोग रहेको बताउँदै राज्यले आफ्ना सिप र अनुभवलाई वेवास्ता गर्न नहुने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा महत्वपूर्ण र उपलव्धी मूलक काम गरेको बताउँदै राज्य प्रति पूर्वकर्मचारी सँधै बफादार रहने बताउनु भयो ।
कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषद नेपालका पूर्व सचिव शान्ति नारायण श्रेष्ठले कविता, गजल मार्फत राज्यले पूर्व कर्मचारीहरुको मनोबल कमजोर बनाएको बताउनु भयो । कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषद नेपाल पर्वतका आजिवन सदस्य गंगाधर तिवारी, गोविन्दप्रसाद भुषाल, होमनाथ अधिकारी, युवनाथ रेग्मी गौडेल र टंकप्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषद पर्वतका कोषाध्यक्ष चुरककुमार कर्माचार्यले परिषदको आर्थिक प्रतिवेदन र संस्थाका सचिव ज्ञानेन्द्र पहाडीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पूर्व कर्मचारी सेवा परिषद नेपाल पर्वतका अध्यक्ष देवीप्रसाद विलासीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पूर्व कर्मचारी सेवा परिषद नेपाल पर्वतका सल्लाहकार सुन्दरप्रसाद जोशी र कार्यक्रमको संचालन सचिव ज्ञानेन्द्र पहाडीले गर्नुभएको थियो ।
यसैविच आज सम्पन्न भएको तेस्रो अधिवेशनले टंकप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा युवनाथ रेग्मी गौडेल, सचिवमा ज्ञानेन्द्र पहाडी, कोषाध्यक्षमा सुरज कर्माचार्य र सदस्यहरुमा एकनारायण गिरी, झलक शर्मा पोखरेल, गोविन्दप्रसाद भुषाल, कुलप्रसाद श्रेष्ठ, कमलकान्त पौडेल रहनुभएको छ । समितिले दुई सदस्य मनोनित गर्ने जनाएको छ ।









