संजय रेग्मी
असार १२, २०७५
पर्वत : पछिल्लो समय मोडलिङमा निकै जमेका मोडल जितेन क्षेत्री केही सोचेर हत्केलामा टाउको अड्याउँदै आँखा बन्द गरेर पल्टीरहेका हुन्छन, लाग्छ उनी भावनमा डुबेर केही सोचिरहेका छन । त्यही बेलामा उनको नजरमा स्वर्गकी परी जस्तै बनेकी युवती आउँछीन अनि पानीले छयापीदिन्छीन अनि जितेन कल्पनाको संसारबाट ब्यूँझेर हेर्छन त्यही बेलामा आँखा अगाडि देखा पर्छिन रातो र हरियो कुर्था सलवारमा सजिएकी प्रतिमा अधिकारी । अनि दुवै जना आँपूmले साटेको पवित्र माया सम्झीन्छन, अनि गुनगुनाउँछन,
तिम्रो नजरको बल्छी पा¥यो हो मुटुमा
मोहनी बोलेउ, क्या माया सारेउ यो मुटुमा …………..
यस्तै यस्तै शब्द गुनगुनाउँदै उनहरु मायामा रमाउँदै हुन्छन ।
यो सबै दृश्य भने वास्तवीक जीवनको भने नभएर सारथी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको म्युजिक भिडियो ‘तिम्रो नजरको’ को हो ।
आधुनिक तथा लोक दुवै गीत संगीतमा जमेका कलाकार कस्तुप पन्तको गीत र संगीत रहेको गीतमा हेमन्त शर्माले स्वर भरेका छन । गीतको म्युजीक भिडियोमा जितेनसंगै मोडल प्रतिमा अधिकारीको अभिनय रहेको छ । सारथी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीतको म्युजिक भिडियोको निर्देशन शरोज खतीवडाले गरेका छन भने भिडियोलाई सन्तोष महराले खिचेका छन ।
भिडियो हेर्नुहोस :







