१० असार
कूश्मा नगरपालिकाको दोश्रो नगर परिषद सम्पन्न भएको छ । आज कूश्मा वजारको होटल वेन्जूमा सम्पन्न सभाले आगामी आर्थिक वर्ष ०७५,०७६ को निति तथा कार्यक्रम र वजेट प्रस्तूत भई पारित समेत भएको छ । दोश्रो नगर सभामा निति तथा कार्यक्रम पेश गर्दै नगर प्रमूख रामचन्द्र जोशीले कूश्मा नगरलाई आर्थिक रुपमा समृद्ध,स्वच्छ,सफा र सून्दर नगरको रुपमा चिनाउने गरि निति तथा कार्यक्रमको घोषणा गर्नुभयो ।

आगामी आ व मा टुक्रे योजनालाई भन्दा नगरको विकासमा महत्व राख्ने दिर्घकालिन योजनालाई वजेट विनियोजन गर्ने जानकारी दिनूभयो । यूवाहरुलाई व्यवसायिक सीपमूलक तालिम संचालन गरि उद्यमशिलता विकास गर्ने,सहकारी मार्फत पुजिंको निर्माण गरि गरिवि न्यूनिकरणमा लगानी गर्ने । प्रतिफलमा आधारित कृषि कृषि अनूदानको व्यवस्था गर्ने । जिल्ला अस्पताललाई ५० सैयाको निर्माण गर्ने,गूणस्तरिय आधारभूत स्वास्थ्य सेवा सवैको पहूचमा शूलभ वनाउने,नगरको सवै वडामा मझौला खेल मैदान निर्माण गर्ने, गैरसरकारी संस्थाहरुको सेवालाई एकद्धार प्रणाली अनूरुप लागू गर्ने,गैससको नगर प्रोफाईल निर्माण गर्ने,प्रत्येक वडामा वालमैत्रि कार्यक्रम संचालन गर्ने,नगर भित्र आवश्यक स्थानमा भ्यूटावर निर्माण गर्ने,नगर भित्रका सडकहरुलाई वर्गिकरण गरि निर्माण तथा सूधार कार्यक्रमलाई अगाडी वढाउने,सवै वडा वाट सहज तरिकाले नगर केन्द्रमा आउनका लागी सडकको निर्माण तथा स्तरउन्नतिका लागी वजेटको व्यवस्था गर्ने । नगर वाट निश्कने फोहोर लाई मोहरमा परिणत गर्ने लगायतका निति तथा कार्यक्रम पेश गर्नु भएकाको छ ।

त्यसै गरि नगर उपप्रमूख सीता काफले लामिछानेले आगामी आ व को रु ६१ करोड ३५ लाख ९१ हजार प्रस्ताव गर्दै संसोधित आय ६३ करोड ६३ लाख १० हजारको वजेट अनुमान गरि प्रस्तूत गर्नुभएको छ । व्याय तर्फ विषयगत कार्यालयहरुका काकर्यक्रम संचालन गर्न २ करोड ५५ लाख,वडागत योजना तथा कार्यक्रम तर्फ ५ करोड ४३ लाख ६७ हजार,ठूला भौतिक पूर्वाधारतर्फका योजनाका लागी ४ करोड २५ लाख र अन्य पूजिंगत खर्च तर्फ ८ करोड ७१ लाख ७२ हजारको संसोधित गर्ख प्रस्ताव गर्नु भएको छ । सामाजिक सूरक्षा भत्ताका लागी १० करोड ५० लाख,पत्रकारीता क्षेत्रको प्रवर्धनका लागी सुचना प्रकाशन तथा पत्रकारीता शिर्षकमा वजेट विनियोजन गर्नु भएको छ ।

यस वर्ष भिन्न ढड्गले संचालन भएको नगर सभा व्यवस्थित र मर्यादित तरिकाले संचालन भएको नगर सभा सदस्यहरुले वताएका थिए । नगर प्रमूख वैठक कक्षमा प्रवेश गरे पछि सवै सदस्य उठेर सम्मान गरे । राष्ट्रिय गान संगै सभाका गतिविधिहरु संचालन भएका थिए । संसदको झल्को दिने गरि कार्यक्रमलाई व्यवस्थित वनाईएको थियो ।
आज पेश भएको वजेट निति तथा कार्यक्रम ध्यनी मतको आधारमा सर्वसम्वत पास गरिएको थियो ।