१० असार
काठमाडौँ – स्विडेनविरुद्धको खेलमा टोनी क्रुसले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी जोगिएको छ । जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीले पहिले गोल खाएर पनि अन्तिममा आप्नो पक्षमा नतिजा पार्न सफल भएको हो ।

जीतसँगे समूहचरणबाटै बाहिरिने खतरामा पुगेको जर्मनीले जारी विश्नकपमा नकआउट चरणमा पुग्ने आशालाई जीवीत राखेको छ। खेलको अतिरिक्त समयको ५ औं मिनेटमा टोनी क्रसले गोल गर्दे जर्मनीले खेलमा जीत हासिल गरेको हो।

समूहको अन्तिम खेल जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ। स्विडेनलाई पराजीत गरेसँगै उसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। दक्षिण कोरियालाई हराएमा उसको दोश्रो चरण पुग्ने सम्बावना बलियो हुनेछ।