फोटो दिपेन्द्रजंग लामिछानेको फेसवूकवाल वाट
९ असार
पर्वत,पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।
मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
थाँक्रो काट्न गएका बृद्धलाई विद्युतको थ्रिफेज लाईन छोएको रुखमा चढ्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडा अध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए ।









