९ असार
काठमाडौं । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७४ मा सम्पन्न (एसईई) अर्थात कक्षा १० को परिक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिबार सांझ पत्रकार सम्मलेन मार्फत नतिजा सार्वजनिक गरेको हो ।

कार्यालयले ग्रेडिङ प्रणालीबाट एसइइको नतिजा प्रकाशन गरेको जानकारी दिएको छ । गत वर्ष देखि एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशित गर्ने गरेको थियो ।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

परीक्षाको नतिजा परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np, नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ। यस्तै १६०० सय डायल गरेर सुन्न सकिनेछ।