७ असार
नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गए राति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पाटीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेकी उनको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि आफन्तलाई शव बुझाइने बताए । स्थानीय खजुरा गाउँपालिकाकी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजन र बागेश्वरी एफएममा समाचार वाचन गर्थिन् । केही महिनाअघि मात्र उनले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गरेकी थिइन् । ईन्फो खवर वाट
https://youtu.be/AZcfuOLzFCk