३ असार
कूश्मा पर्वत । जिल्ला सिचाई सव डिभिजन कार्यालय पर्वतको आयोजनामा होटल वेन्जूमा २ दिने तालिम संचालन भएको छ । जल उपोक्ताहरुका लागी आयोजित २ दिने तालिमको आज एक समाहरोहका विच सिचाई विकास महाशाखाका उप महानिर्देशक वासूदेव लोहनीले सिचाईलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागी उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने भएकाले उपभोक्ता नै चनाखो हूनपर्ने विचार व्यक्त गर्नु भयो । यस २ दिने तालिमले व्यवस्थित तरिकाले सिचाई संचालन गर्नका लागी महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै दिगो र व्यवस्थित सिचाइको विभागले कल्पना गरेको धारणा राख्नू भयो ।

२ दिन सम्म चल्ने तालिममा सहजिकरण सिचाई विभागका उपमहानिर्देशक वासूदेव लोहनी,वरिष्ठ कृषि विकास अधिकृत वासूदेव रेग्मी,सिचाई सवडिभिजन प्रमुख वंसीहरी कोईराला र सामूदायिक वचत तथा ऋण सहकारीका अध्यक्ष गणेश वहादूर क्षेत्रीले गर्नु हूने भएको छ ।

उद्धघाटन सत्रको अध्यक्षता सव डिभिजन कार्यालय पर्वतका प्रमूख वंसीहरी कोईरालाको अध्यक्षता र स्वागत सव ईन्जिनियर दिनेश तिमिल्सीनाले गर्नुभएको थियो भने कार्यक्रम संचालन सव डिभिजन कार्यालयका डिल्लीराम ओलीले गर्नुभएको थियो ।

पर्वत जिल्लाका १५ वटा सिचाई समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । जस्मा ग्यादी सिचाई आयोजना,मुडिकूवा सिचाई आयोजना,फलेवास सिचाई आयोजना,मल्लाज सिचाई आयोजना र रति सिचाई आयोजनाका प्रतिनिधिहरुको सकृय सहभागिता रहेको छ ।