१७ जेठ
काठमाडौं । सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुसरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भएको पीडितहरुले आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा पुजा बोहोरा ‘नाम परिवर्तन’ले आज पत्रकार सम्मेलन गरेर रक्षा नेपालको अनुसरणमा आईपुगेका बालबालिकाहरुमाथि ज्यादती भैरहेको बारेमा अध्ययन गरि कारबाही गर्न माँग गरेकी छन् ।
उनले भनिन्,‘म रक्षा नेपाल र सञ्चालक मेनुका थापाको बिरुद्धमा सडकमा आएकी होईन, उहाँले मलाई पर्दाखेरी साथ सहयोग गर्नुभयो, तर जति मलाई सहयोग गर्नुभयो त्यो भन्दा बढि ममाथि उहाँले अत्याचार गर्नुभयो, शोषण गर्नुभयो, जन्मदिने बा–आमा र घर परिवार छोडेर मलाई उहाँले रक्षा दिन्छु भनेर ल्याउनु भयो, राख्नुभयो मैले राती १२ बजेसम्म जुठा भाँडा माझेर पढ्नु पथ्र्यो ।
उनले भनिन्,‘म मानसिक रुपमा कमजोर बनेकी थिएँ, त्यो बेलामा समेत उचित किसिमको माया पाउन सकिएन, हुन त जन्म दिने आमाजस्तै त कहाँ हुँदा रहेछन् कर्मकी आमा ?, उहाँले मेरो फेशबुकमा आँफैले स्टाट कारेको हाल्नु हुन्थ्यो, एकदिन जन्मदिने आमा भन्दा कर्म दिने आमा महान हुन्छन् भनेर उहाँले नै लेख्नु भएको हो, मेरो फेशबुकबाट उहाँ केटाहरुसँग कुरा गर्नुहुन्थ्यो, मलाई उल्टै गाली गर्ने र पिट्ने गर्नुहुन्थ्यो, मैले कोरियाबाट जितेर ल्याएको मेडल समेत देख्न पाएको छैन्, उहाँले आफ्नो दराजमा राख्नुभएको छ ।
आफूले जति दुःख पाएपनि केही गरेर देखाउँनु छ भनेर हिम्मत नहारेको उनको भनाई छ । उनले भनिन्,‘आजको दिनमा पनि हिम्मत हारेकी छैन्, मजस्ता पीडितहरुको नाममा विदेशी डोनर्सहरुसँग पैसा माँग्ने, सामाग्रीहरु माँग्ने र आफन्तहरुलाई बाँड्ने गर्नुभएको छ, मैले विलासिताको लागि आधुनिक सामाग्रीहरु खोजेकी होईन, मेरो पढाईको लागि चाहिने सामानहरु थिए, बाहिर रक्षा नेपाल भित्र भच्छक नेपालको व्यबहार गरिन्छ, मेरो नाममा आएका अन्तरवार्ताहरु समाचारहरु सबै मेनुका थापाले नै लेख्नुभएको र भने गराए अुनसारका थिए, मेरो आफ्नो वास्तविकता मारेर उहाँको कुरालाई बोल्नुपथ्र्यो, त्यहाँ भित्रका पीडाहरु बाहिर भनेको खण्डमा मारिदिन्छु भन्ने खालका धम्की समेत दिनुहुन्थ्यो, मैले पैसा माँगे भने जहिले बाबाको नाममा सरापेर गालि गर्नुहुन्थ्यो म त्यतिबेला अति विक्षिप्त बन्थें ।
सञ्चालक थापाले महिनावारी भएको अवस्थामा प्रयोग गरिएका लुगासमेत साना–साना भाई बहिनीलाई सफा गर्न लगाउने गरेको उनको आरोप छ । उनले भने,‘मेरो माँग पीडितको नाममा खोलिएको रक्षा नेपालमाथि राज्यले उचित निगरानी राख्नुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ, रक्षा नेपालमा रहेका बालबालिकाहरुको उचित व्यवस्थापन हुनुपर्छ, र त्यहाँबाट मलाई जसरी निकालिएका बालबालिकाहरुको अवस्था के छ ? कस्तो छ, त्यसका बारेमा सत्य–तथ्य बाहिर ल्याउनुपर्छ, मैले त यस्ता दुःखहरु भोगें, अब म जस्ता पीडितहरुले यस्ता दुःखहरु भोग्न नपरोस् ।









