१६ जेठ
सचिन्द्र श्रेष्ठ,पर्वत जलजला, बालिका दुलहि हाेईनन, जि एण्ड बि अन्तराष्ट्रिय संजाल र महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालयकाे सहयाेगमा पर्वत जिल्लाकाे स्थानिय तहकाे सरकार संग सहकार्यमा नितिगत संवाद अाज जलजला गाउपालिकामा सम्पन्न भयाे ।
जलजला गाउ पालिकाकाे पदाधिकारि, जनप्रतिनिधि र कर्मचारिहरुलाई लक्षीत गरि बालिका दुलहि हैनन राष्ट्रिय नितिगत संबादकाे कार्यक्रममा सहजिकरण गर्दै जि एण्ड बि ग्लाेबल नेटवर्क काे संस्थापक सदस्य तथा अामा मिलन केन्द्र का केन्द्रिय समिति संयाेजक बैजन्ति कार्किले बालिका दुलहि हैनन राष्ट्रिय कार्यनिति, कानुनि प्राबधान, अवस्था र पर्वतकाे बेशलाईन सर्भेमा देखिएकाे अवस्था बारे सहजिकरण गर्नु भयाे ।
उहांले २०१७ मा गरियकाे पछिल्लाे सराेकारवालासंग मात्र गरियकाे बेशलाईन सर्बेक्षणमा पर्वत साकेतिक रुपमै १२ प्रतिशत देखिएकाेले नेपालकाे पहाडि जिल्लामा बाल बिवाह हुने जिल्ला देखिएकाे बताउदै बाल बिवाह १८ बर्ष मानिने र २० बर्षमा बिवाह गरे गैरकानुनि बिवाह हुने कानुनि प्राबधान समेत भएकाेले यसकाे बहुपक्षिय प्रभाब र असर पर्ने सजिकरणमा बताउनु भयाे ।
पर्वतकाे अवस्थाकाे ईन्डलाईन बिस्तृत सर्भे गरिने र भाबि रणनितक दिशा बारे सहजिकरण गरि बाल मुक्त गाउपालिका निर्माण गर्न बहुपक्षिय संलग्नता हुनु पर्ने कार्यक्रममा छलफल भयकाे थियाे।
कार्यक्रममा बाेल्दै सत्कर्म नेपालकाे निर्देशक एवं अभियन्ता सिताराम थापाले सन २०३० सम्ममा नेपालमा बाल बिवाह उन्मुक्त क्षेत्र घाेषणा गर्ने र यसकाे लागि राष्ट्रिय रणनिति अनुसार छिटै सरकारले कानुन ल्याउन लागेकाेले स्थानिय तहकाे सरकारलाई अाफ्नाे रणनिति, याेजनामा समाबेश गर्न याे कार्यक्रममा अायाेजना गरेकाे बताए ।
कार्यक्रममा स्थानिय तहका सहभागिहरुले कार्यक्रम अति प्रभाबकारी देखिएकाेले स्थानिय तहमा सबै प्रतिबद्द भएर रणनिति र याेजनामा लागि पर्ने यस्ताे समस्या सापेक्षिक रुपमा दलित, जनजाति र गरिब समुदायमा व्यापक भयकाेले यसलाई पुर्ण रुपमा हटाउन गैर सरकारी क्षेत्र बाट पनि दिर्घकालिन सहयाेगकाे माग गर्नु भयाे ।
अामा मिलन केन्द्र बाग्लुङकाे ज्ञानुदेबि थापा मगरकाे संयाेजन एवं कार्यक्रम संयाेजक अन्जु के. सि. ले संचालन तथा कार्यक्रम बारे जानकारि गराउनु भएकाे थियाे ।