१४ जेठ
काठमाडौं। सत्ता बाहिर रहेको संघीय समाजवादी फोरमलाई सरकार ल्याउन नेकपा अन्डरलाइन सफल भएको छ। नेकपा अन्डरलाइनका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले फोरमलाई सरकारमा ल्याउन अध्यक्ष उपेन्द्र यादवसँग दुई बुँदे सहमति गरेका छन्। आन्दोलनका क्रममा उठाएका मुद्धा र मागहरु देश र जनताको पक्षमा सहमतिको आधारमा संविधान संसोधन गरि सम्मवोधन गर्ने सहमति पछि फोरम सरकारमा जाने सहमति गरेको हो।
संसदबाट हुने काम संसदबाट गरिने सरकारबाट गरिने कामहरु सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने पनि सहमतिमा उल्लेख छ।आन्तरिक गृहकार्य गरि समस्या समाधान गरिने बताइएको सहमतिको दोस्रो बुँदामा फोरम सरकारमा सभागि हुने बताइएको छ। फोरम नेपाल सरकारमा जाने अन्तिम तयारी भएपछि संसदमा उसले आफ्ना तर्फबाट हालेको नीति तथा कार्यक्रमको संसोधन प्रस्ताव फिर्ता लिएको थियो।
लामो समयदेखि संघीय सरकारमा जान खुट्टा उचालेर बसेको फोरम नेपालको नेतृत्वमा प्रदेश नम्वर २ समेत प्रदेश सरकार छ। संघीय सरकारमा फोरम नेपाल सहभागि हुँदै गर्दा सरकारलाई दुई तीहाईको समर्थन हुने छ।









