१४ जेठ
महेन्द्र जिसी, जलजला पर्वत । दलित र विपन्न समुदायका वालवालिकाहरुले अध्यपन गराउँदै आएको जलजला गाउँ पालिका २ कल्याण प्राविलाई खेल मैदान फर्नीचर र छात्रवृती हस्तान्त्रण गरीएको छ । आईतबार गाउँ पालिकाले विद्यालयमा एक कार्याक्रम गरेर विद्यालयका विद्यार्थीहरुलाई छात्रवृती हस्तान्त्रण गरेको हो । स्थानीय समाज सेवी विप्लव हमालले विद्यार्थीहरुको लागि झो हस्तान्त्रण गर्नुभएको हो । विषेश गरी दलित वालवालिकाहरुले मात्र अध्यायन गर्ने विद्यालयमा लक्षीत समुदायमा शिक्षाको पहुँच पु९याउन गाउँ पालिकाले आर्थिक वर्ष ०७४्\०७५ को बजेट मार्फत विद्यालयलाई सहयोग गरेको हो । गाउँ पालिका अध्यक्ष याम बहादुर मल्ल रामकृष्णले शैक्षीक गुणस्तर सुधार गरेमा विकास र सम्वृधि हुने भन्दै गाउँ पालिकाका लक्षीत समुदायका विद्यालयहरुलाई शैक्षीक गुणस्तरीतामा ल्याउन पहीलो वर्ष देखी नै अभियान थालेको बताउनु भयो । मल्लले अभियान थालेसँगै परिवर्तन समेत देखापरेको बताउनु भयो ।
बाईट
याम बहादुर मल्ल
अध्यक्ष
जलजाला गाउँ पालिका
दलित समुदायका मात्र वालवालिकाहरुले अध्यायन गरीरहेको सामुदायीक विद्यालय रहेका कारण पनि शैक्षीक गुणस्तरीयताका लागि विषेश कार्यक्रम बनाएर विद्यालयाई हस्तान्त्रण गरीएको हो । जिल्लामै अव्बल शैक्षीक शैक्षीक गुणस्तर विद्यालयमा शिक्षक समुदायलाई थप उर्जा दिलाउन कार्यक्रमको अनुकुल पारेर विद्यार्थीको लागि झोलाको प्रबन्ध गरेको रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लव हमालले बताउनु भयो । कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अयक्ष केदारनाथ शर्माले उक्त कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका ८० जना वालवालिकाहरुलाई झोला सहीत शैक्षीक समाग्री र छात्रवृती हस्तान्त्रण गरीएको हो । विद्यालयका प्रधानाध्यापक ओम बहादुर जिसीले विपन्न समुदायमा रहेको विद्यालय सहयोगी हातहरु मार्फन सञ्चालनमा रहँदै आएको बताउनु भयो । वावु आमा नभएका र कमजोर आर्थिक अवस्था रहेका वालवालिकाहरुलाई स्थानीय सरकारले स्टेसनरी सहीत झोला हस्तान्त्रण गरेर,अभिभाकत्व दर्शाएको जिसीले बताउनु भयो । विद्यालय व्यवस्थापन समीती अध्यक्ष श्रवण बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत राम बहादुर कार्कीले गर्नुभएको हो । कार्यक्रममा रोटरी क्लव पर्वतका पदाधिकारीको सहभागिता रहेको हो । कार्यक्रमको सञ्चालत शिक्षक लक्ष्मी केसीले गर्नुभएको थियो ।









