१२ जेठ
कूश्मा पर्वत । कूश्मा नगरपालिका वडा नं. ४ छमर्केमा ५० हजार लिटरको खानेपानी टैंकी निर्माणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ । कूश्मा नगरपालिका वडा नं. ४ छमर्केका ११० घरधूरीमा खानेपानीको आवश्यकता पूरा गर्नका लागी उक्त टैकी निर्माण हून थालेको हो । दुलेपानी,फाप्रेखाला मूलवाट संचालन हून लागेको खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजनको आज वडा नं. ४ का वडा अध्यक्ष मिना कर्माचार्यले अनूगमन गर्नु भयो । आयोजनाको अनुगमन गर्दै उहांले कामको प्रगतीको वारेमा सन्तुष्ट भएको धारणा राख्नू भयो । काम गुणस्तरीय देखिएको,निर्माण कार्य अझ छिटो गर्नु पर्ने सूझाव दिनूभयो ।
वडाको १० लाख वजेट विनियोजन गरि संचालन गर्न लागेको उक्त आयोजनाका लागी उपभोक्ता वाट १३ प्रतिशत जनश्रमदान गर्नुपर्ने भएको छ । खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष यूवक श्रेष्ठले स्टीमेट वमोजिमको संपूर्ण कार्य असार मसान्त भित्र सम्पन्न गर्ने जानकारी दिनूभयो । उहांले छमर्केवासीलाई चैत्र,वैशाखमा खानेपानीको साह्ै असूविधा भएकोमा अव यस योजना सम्पन्न भए पश्चात २० वर्षलाई खानेपानीको आवश्यकता पूराहूने जानकारी दिनू भयो । छमर्के वसाई सराई गरेर आउने मानिसहरुले गर्दा वजारीकरण तर्फ उन्मूख वस्ती रहेको छ । त्यहां दिनप्रतिदिन घरधूरी वढिरहेका छन् ।

वडा अध्यक्ष कर्माचार्यले वडा वाट विनियोजन भएको वजेट पुर्वाधार निर्माण तर्फ अर्मादी सडकलाई १० लाख, दर्लुङचोक हूदै मुस्ताङ गेष्टहाउस पछाडीको काशीकूमार जोशीको घर सम्मको सडकका लागी १० लाख,गुप्तेश्रर वेदवेदाङ,नारायण उच्चमाविमा र अर्मादी प्रावि लगायतका स्थानहरुमा योजनाहरु संचालित रहेको जानकारी दिनू भयो ।