१२ जेठ
कूश्मा पर्वत । सामूदायिक वनउपभोक्ता महासंघ नेपाल कूश्मा नगरपालिका महासंघको प्रथम अधिवेशन शूरु भएको छ । उक्त प्रथम अधिवेशनका प्रमूख अतिथि कूश्मा नगरपालिकाका नगर प्रमूख रामचन्द्र जोशीले उद्धघाटन गर्दै सामूदायिक वनको उचित व्यवस्थापन गरी विपन्नहरुका लागी आम्दानीको श्रोतको रुपमा प्रयोग गर्नु पर्ने धारणा राख्नू भयो । उहांले सामूदायिक वनभित्र रहेको खाली जमिनमा जडिवुटिखेती गरि उद्यमशिलता तर्फ लाग्न उपभोक्तालाई आग्रह गर्नु भयो ।
असीमीत रुपमा रहेको प्राकृतिक श्रोत वनलाई समूदायमा हस्तान्तरण गरी समूदायको देखदेख,संरक्षण र उपभोगका लागी राज्यले निश्चित निति नियम वनाई जिम्मा दिएकाले त्यसको उचित प्रयोग गर्नुपर्नेमा जोड दिनूभयो । विश्वमा नेपाल सामूदायिक वन व्यस्थापनको सफल र नमूना रहेको छ भन्दै अव स्थानिय सरकार कूश्मा नगरपालिकाले आवश्यक निति नियम वनाई उपभोक्ता मैत्री वनाउने धारणा राख्नू भयो । साथै उहांले यस प्रथम अधिवेशनले सक्षम र सृजनशिल कार्यसमिति छनौट गर्न शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष किशोर सापकोटा,कूश्मा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मिना कर्माचार्य, ईलाका वन कार्यालय छमर्केका प्रमूख चुडामणी वराल, वनउपभोक्ता महासंघका पूर्व केन्द्रिय सदस्य खूम प्रसाद सूवेदी,वन उपभोक्ता महासंघका संस्थापक अध्यक्ष सूरेश पिसी,पूर्व अध्यक्ष खेमनाथ शर्मा,हरी प्रसाद शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,जलजला गाउंपालिका वनउपभोक्ता महासंघका अध्यक्ष दिपक आचार्य,वनउपभोक्ता महासंघ पर्वतका महासचिव देवी क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कूश्मा नगरपालिका वनउपभोक्ता महासंघका अध्यक्ष प्रभू गूरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कूश्मा नगर महासंघका सदस्य गूप्तनिधि शर्माले गर्नु भएको थियो । कार्यक्रमको संचालन वनउपभोक्ता महासंघका जिल्ला कोषाध्यक्ष शेषराज शर्माले गर्नुभएको थियो ।
कूश्मा नगरमा स्थापित ९६ सामूदायिक वनउपभोक्ता समूहका ३८४ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । वन्द शेसन पछि नया कार्यसमिति छनौटका लागी ७ सदस्यीय सहजीकरण समिति गठन गरि नेतृत्व छनौटमा अभ्यास गरिएको छ ।









