११ जेठ
खुर्केट पर्वत । कूश्मा नगरपालिका वडा नं २ खुर्कोटमा अवस्थीत ७ वटै विद्यालयमा अनिवार्य रुपमा अंग्रजी माध्यम द्धारा कक्षा संचालन हूने भएको छ । विहिवार संपन्न ७ वटै उच्चमावि,मा वि र प्रा वि का प्रधानध्यापक र वि व्य स अध्यक्षका विचमा सम्पन्न अन्तरकृया कार्यक्रमले उक्त प्रतिवद्धता जनाएको हो । वडा अध्यक्ष यदूनाथ वास्तोलाले शिक्षा वालवालिकाको आखा र भविश्य भएकाले आजको आवश्यकता अनूरुप अंग्रेजी माधयम द्धारा कक्षा संचालन गर्नु पर्नेमा जोड दिनू भएको थियो । वडाको स्थानिय सरकारले अव सवै विद्यालयमा छड्के जांच गरि विद्यार्थीको सिकाई उपलव्धिका साथै शिक्षाको समेत शैीक्षक मूलयाड्कन गर्ने वताउनू भयो । उहांले अव यो वा त्यो वहानामा शिक्षकले विद्यार्थीको भविश्यमाथि खेलवाड गर्न नपाउने अनिवार्य रुपमा अंग्रजी माध्यम द्धारा कक्षा संचालन गर्नु पर्नेमा जोड दिनू भयो ।
शिक्षकहरका लागी शैक्षिक सामग्री राख्नका लागी किट व्याग र डायरी वडाले उपलव्ध गराउने जानकारी दिदै शिक्षालाई गुणस्तरीय र एक्काईसौ सताव्दि सुहाउदो वनाउनु पर्नेमा जोड दिनु भयो ।
उक्त कार्यक्रममा धारणा राख्दै हिमालय उच्च माविका अध्यक्ष छत्रनाथ रेग्मीले हिमालय उ मा वि लाई सवैले माया गर्नुपर्ने र विद्यार्थी संख्या प्रशत भएकाले स्कूल वसको व्यवस्था गर्नका लागी वडालाई अनूरोध गर्नु भयो । त्यसै गरि हिमालय उमाविका प्राचार्य माधव प्रसाद रेग्मीले हरेक वर्ष शिक्षक संग कार्यसम्पादन मूल्याड्कन संझौता गरि कार्य अगाडी वढाएको,हरेक कक्षामा प्रत्येक हप्ता साईकल टेस्ट गर्ने गरिएको मोवाईल फोनलाई कक्षा संचालनका अवस्थामा अफिसकोठामा छाडेर जाने व्यवस्था मिलाएको,शैक्षिक उपलव्धिको आधारमा आगामी वर्ष शिक्षकलाई पुरस्कृत गर्ने गरिएको जानकारी दिनू भयो । उहांले विद्यूतिय हाजीरलाई कडाईका साथ लागू गरेको समेत जानकारी दिनू भयो ।
त्यसै गरि कालिका मा।वि का अध्यक्ष मोहन प्रसाद वास्तोलाले कालिका मा।वि मा गूणस्तरिय शिक्षा संचालकनका लागी भौतिक सूधार तर्फ लागेको,अनिवार्य अंग्रेजी माध्यम द्धारा कक्षा संचालनका लागी दुई जना शिक्षक निजि श्रोतवाट नियूक्ति गरिएको जानकारी दिनूभयो । त्यसै गरि प्रधानध्यापक वावूराम पौडेलले अंग्रजी माध्यमद्धारा कक्षा संचालन गर्न लागिएकाले नजिकैको वोर्डिडस्कल वन्दभई सवै विद्यार्थी कालिका माविमा आउने गरेको जानकारी दिनू भयो ।
गूणस्तरीय शिक्षा संचालनका लागी अन्तरकृया कार्यक्रमले सवैलाई सचेतहून र अनूभव आदन प्रदान गर्न मद्धत पूगेको उपस्थित सवै प्रधानध्यापक तथा अध्यक्षहरुले धारणा राखेका थिए ।
उक्त कार्यक्रममा वडा सदस्य कालिभक्त शर्मा,शान्ति शर्मा कूमाल,माया नेपाली,दल वहादूर रेग्मी,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री,चौतर्फी विकास श्रोत मञ्चका अध्यक्ष कालिका प्रसाद शर्मा लगायतले सूझाव राख्नू भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोला,स्वागत वडा सदस्य शान्ति शर्मा कूमाल र कार्यक्रम संचालन सामाजिक परिचालक सचिना शर्माले गर्नु भएको थियो ।