११ जेठ
एजेन्सी : चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाहहुने निश्चित भएको छ । उनीहरुको बिवाहको मिति तय भएसंगै विवाहको खबर बाहिर आएको हो ।
भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार दिपिका र रणवीर यसै वर्षको नोभेम्बर १९ तारिखमा विवाह हुने निश्चित भएको हो ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुइ जोडीको विवाहको मिति ज्योतिषले हेरेको समय अनुसार तय गरिएको हो । उनीहरुको विवाहको साइत दिपिकाको परिवारले तय गरेको बताइएको छ ।
ज्योतिष साइत अनुसार नोभम्बर १९ विवाहका लागि उत्कृष्ट रहेकाले रणवीरको परिवार पनि यसमा सहमत देखिएको एक भारतीय अनलाइनमा उल्लेख गरिएको छ।
उनीहरुको विवाह दक्षिणा भारतीय संस्कारअनुसार हुने ल्लेख गरिएको छ। यसका लागि रणवीर पारम्परिक मुन्डु पोशाकमा देखिने छन् भने दीपिका चर्चित डिजाइनर सव्यसाची मुखर्जीको डिजाइनको ‘वेडिङ ड्रेस’मा सजिनेछिन्।








