जेठ ११
पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले बहुमतको दम्भ देखाएको आरोप लगाउनु भयो ।

नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत तेस्रो र चौथो बर्षका विद्यार्थीलाई विदाई तथा रक्त क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा जोशीले बहुमतको दम्भ देखाए सरकार छिट्टै विलय हुने दावी गर्नुभयो । बहुमतकै दम्भ देखाएर बर्तमान सरकारले हत्याराहरुलाई समेत छुटाउँदै हिँडेको आरोप समेत लगाउनु भयो ।

नेता जोशीले सरकारकै कारण लोकतन्त्र खतरामा पर्न लागेको भन्दै सजग हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सरकारको दम्भका कारण संविधान कार्यान्वयनमा नहुने खतरा बढ्दै गएको उहाँले आरोप लगाउनु भयो । सहमतिमै संविधान निर्माण गरिएको संविधानमानै सबैका हकअधिकार सुनिश्चित हुन सक्ने बताउँदै जोशीले संख्याको दम्भ देखाए मुलुक फेरि अर्को विद्रोहमा फस्नसक्ने आँकलन गनुृभयो ।

उहाँले बहुमतको दम्भ देखाएर नागरिकका हकअधिकारी खोस्न खोजे काँग्रेस चुप लागेर नबस्ने उद्घोष गर्नुभयो । कार्यक्रममा नेपाल विद्यार्थी संघ केन्द्रिय सह–महामन्त्री हरिहर शर्माले अवको पुस्ताले समृद्धिको लडाई लड्नुपर्ने बताउनु भयो । राज्यले समृद्धिको सपना देखाएर नागरिकहरुको हकअधिकारी प्रति कुठाराघात गरेको आरोप लगाए ।
कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशी, क्याम्पस प्रमुख सुवास पन्त,नेपाल विद्यार्थी संघ पर्वतका उपाध्यक्ष द्धय रामचन्द्र पौडेल(आर.सी), किशोर सुवेदी लगायतल मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ब्याड क्यान्सरवाट पीडित कुश्मा नगरपालिका–१३ का १४ बर्षिय अर्जुन गौत्तमलाई ३२ हजार ५ सय सहयोग गरिएको छ ।

लामो समय देखी ब्लड क्यान्सरवाट पीडीत गौत्तमलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्यक्ष शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो । नेपाल विद्यार्थी संघले ‘अर्जुन बचाउ अभियान’ मार्फत संकलित रकम आज हस्तान्तरण गरिएको पौडेलले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पीडित बालकको उपचार्थ ५ हजार सहयोग गर्नुभएको छ । साथै उहाँले आगमी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै सोही कार्यक्रममा क्याम्पसमा अध्ययनरत तेस्रो र चौथो बर्षका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरि विदाई गरिएको छ । नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष शिशिर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्यार्थी संघका इकाई सचिव ठाकुर रसाईली र कार्यक्रमको सञ्चालन गुप्तेश्वर बहुमुखी क्याम्पसका कार्यवाहक स्ववियु सभापति सन्दीप पाठकले गर्नुभएको थियो ।

उता, सफल व्यवसायी तथा नेपाल विद्यार्थी संघ पर्वतका उपाध्यक्ष रामचन्द्र पौडेल ‘आर.सी’ले ब्लाड क्यान्सर पीडित अर्जुन गौत्तमलाई नगद १० हजार सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसरमा हुने अनाआवश्यक खर्च घटाएर क्यान्सर पीडितलाई सहयोग गरेको उहाँको भनाई छ ।