८ जेठ
कान्स फिल्म फेस्टिवल’ २०१८ को समापन भईसकेको छ । यस चर्चित फेस्टिवलमा हलिउड देखी लिएर बलिउड हस्तीहरुले आफ्नो कला देखाएका थिए । यसको साथै धेरै स्टार्सले आफ्नो जीवनसँग जोडिएका तीतो-सत्यको बारेमा बताएका थिए, जसलाई जानेर सबैजना हैरान भएका थिए ।
फेस्टिवलको अन्तिम दिन इटालियन फिल्म स्टार आसिया ऐर्जेतोले आफ्नो जीवनको सबैभन्दा ठुलो गोप्यतालाई बाहिर ल्याईन। जुन सुनेर त्यहाँ उपस्थित सबै व्यक्तिहरुमा मौनता छाएको थियो । १९ मेको ‘कान्स फिल्म फेस्टिबल’ को क्लोजिंग समारोह थियो । यस समारोहमा आसियाले स्पीचको क्रममा आफ्नो जिन्दगीको गोप्य कुरा खुलासा गरेकी छिन् । आसियाले भाषणमा भनिन्, ‘१९९७ सालमा हार्वे वीनस्टीनले मेरो बलात्कार गरेका थिए । त्यस समयमा म २१ वर्षको थिए । आशा गर्दछु कि अब कहिले पनि हार्वेलाई फेस्टिबलमा बोलाइदैन होला । यहाँ उपस्थित केही व्यक्तिहरु पनि महिला विरुद्ध अपराध गर्नको लागी जिम्मेदार रहेका छन् ।’
यो भन्दा पहिले पनि आसियाले व्यक्तिहरु प्रति आपत्ति रहेको कुरा शेयर गरेकी थिइन् । आसियालाई हार्वेले बहाना बनाएर होटलको कोठामा बोलाएर रेप गरेका थिए । यहाँसम्म कि उनको चलचित्र ‘स्कारलेट दीवा’ मा रेपको सीन हार्वेको साथ उनको निजी अनुभवमा नै आधारित थियो । आसियाको यस भाषणलाई निकै भावुकताको साथ सबैले सुने । यो भन्दा पहिले ९० औ अस्कर अवार्डमा फेमस कमेडिएन जिम किमेलले पनि ओपनिंग स्पीचमा हार्वेप्रति गुनासो गरेका थिए ।
हार्वे हलिउडको फेमस प्रोड्यूसर हुन् । उनी माथी कैयौ अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएका छन् । हार्वेको प्रोडक्शनमा बनेको ८१ चलचित्रले अस्कर अवार्ड प्राप्त गरिसकेको छ ।









