८ जेठ
केही महिनायता सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ले प्रहरी समक्ष आत्मसर्मपण गरेको खुलासा भएको छ । पक्राउ पर्नुअघि उनले नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षा सहीत आत्मसर्मपण गर्ने निवेदन दिनु र विदेशमा लुकेर बसेको भनिएका उनलाई काठमाडौं गौरिघाटवाट पक्राउ गरिएको छानमिन समितिले जानकारी गराउनुले उनले आत्मसमर्पण गरेको खुलासा भएको हो ।
सुरक्षित रुपमा न्यायलयमा पुग्न सक्ने मिति, स्थान र समयमा प्रबन्ध मिलाई दिन हुन समेत अनुरोध गर्दछु ।’ उनले यो निवेदन नेपाल मानव अधिकार संगठनका महासचिव केपी सुवेदीको नाममा लेखेका हुन् ।
जेठ ३ गते लेखेको उक्त निवेदनमा गोरेले लेखेका छन् – ‘यस वीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीन जनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाइसकेको हुँदा मेरो पनि जीवन खतरापूर्ण रहेको देखिन्छ । हाल म लुकी छिपी बाँच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन । सो सम्बन्धमा म सँग रहेका, भएका विषय राख्ने वातावरण वनाइदिन अनुरोध गर्दछु ।’
‘हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाइ मात्र दोषी देखाई विभिन्न पक्ष तथा ब्यक्तीहरुले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चितगराउने र दोष जति सबै मेरो थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथा म सँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानमिन समिति समक्ष राख्न चाहान्छु ।’ उनले निवेदनमा उल्लेख गरेका छन् ।
प्रहरी स्रोतले गोरे भारतमा रहेको आशंका गरेको थियो । तर उनी आफ्नै घर भएको गौरीघाट क्षेत्रवाट पक्राऊ परेको छानमिन समितिले वताइसकेको छ । भारतमा रहेका गोरे कसरी गौरीघाट आइपुगे भन्ने प्रश्न अनुत्तरित छ ।









