८ जेठ
पर्वत । पर्वतको कटुवाचौपारीका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा सोमवार ७५ बर्ष भन्दा माथिकां ९४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकहरुको सम्मान स्वरुप दोसल्ला ओढाई नगद सहित सम्मान गरिएको वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरुलाई सम्मान गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले सरकारले जेष्ठ नागरिकहरुलाई उपलव्ध गराउँदै आएको सेवासुविधा बढाउनु पर्ने माग गर्नुभयो । उहाँले जेष्ठ नागरिकहरुको समस्या अत्याधिक रहेकाले सरकारले सम्मानस्वरुप उपलव्ध गराउँदै आएको रकम ज्यादै न्युन रहेको उनको कथान थियो ।

बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जिवित रहने जोशीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले कटुवाचौपारी शिक्षा र चेतनाको स्तरले धेरै माथि भएको बताउँदै नयाँ ढंगवाट ज्ञादीलाई परिर्वतन गर्नुपर्ने सूझाव दिनुभयो । साथे उहाँले कटुवाचौपारीको विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिका उपमेयर सिता काफ्ले लामिछानेले जेष्ठ नागरिकहरुको सम्मानका लागि नगरपालिको नयाँ ढंगवाट काम गरेको बताउनु भयो । उहाँले कटुवाचौपारीमा बृद्ध बिश्राम स्थाल निर्माण गरिने उद्घोष गर्नुभयो । साथै उहाँले जेष्ठ नागरिकहरुको सिप र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमात्र समाज परिवर्तन हुने धारण राख्नुभयो ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघ प्रदेश नम्वर ४ का संयोजक शिव शर्मा अधिकारी, नेपाली काँग्रेसका नेता राम शर्मा पौडेल, सार्वजानिक माध्यमिक विद्यालय कटुवाचौपारीका अध्यक्ष सरोज शर्मा गौरागी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका –९ कटुवाचौपारीका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने जेष्ठ नागरिकहरुका अनुभवलाई संकलन गरेको वडाको विकासमा प्रयोग गरिने बताउनु भयो । उहाँले आगमी दिनमा पनि जेष्ठ नागरिकको सम्मानका लागि निरन्तरता दिने बताउनु भयो ।

वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सामजिक परिचालक जमुना सुवेदी र कार्यक्रमको सञ्चालन कटुवाचौपारीका सचिव लेखनाथ रेग्मीले गर्नुभएको थियो ।