७ जेठ
बझाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टी प्रबक्ता बिश्व प्रकाश शर्माले राष्ट्रबाद परिणाम मुखी हुनुपर्ने बताएका छन् । नेपाल तरुण दल को प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सिमित अबधीका लागी चिल्ला भाषणमा मात्र सिमित नभएर राष्ट्रबाद पनि परिणाम मुखी हुनु पर्ने बताए ।

नेपालको राष्ट्रियता र लोकतन्त्रका लागी नेपाली कांग्रेसले खेलेको भुमिका र बनाएको ईतिहासले राष्ट्रियतालाई पुष्टि गरेको बताउदै लोकतन्त्र र राष्ट्रियताका बिषयमा नेपाली कांग्रेसले कसैसंग सम्झौता नगरेको बताए । बर्तमान प्रधानमन्त्रिले केपी शर्मा ओलीलाई लक्षित गरि ओलीको राष्ट्रबाद भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भ्रमणसंगै उदांगो भएको बताए । उनले भने तत्कालिन प्रधानमन्त्रि सुशिल कोईरालालाई भारतले दवाव दिदै संबिधान घोषणाको रोक्नु होस भन्दा कोईरालाले भारतको दवावका बारेमा वास्ता नगरिकन संबिधान घोषणा गरेको स्मरण गराउदै नेपाली कांग्रेसको नेतृत्वको सरकारले देश लाई संबिधान दिएको उल्लेख गरे।

भारतले लगाएको नाकाबन्दीका बेला कांग्रेसले नाकाबन्दीका बारेमा ठूलो स्वरले नबोलेको र मित्रवत हिसावले सलुसन गरेको उल्लेख गर्दै नाकाबन्दीको बारेमा नबोल्नु कांग्रेसले भूल गरेको स्विकार गर्दै कांग्रेसले बिगतका कमिकमजोरीहरु सच्याएर नयाँ शिराबाट अगाडी बढेको बताए । उनले तत्कालिन प्रधानमन्त्रि सुशिल कोईरालाका राष्ट्रबादी अडानका कारण जनताले संबिधान पाएको बताउदै , ओलीको नाकाबन्दी पछिको राष्ट्रबादी अडानका कारण जनताको भोट पाएको बताए ।

नाकाबन्दीकोपछि चर्चा कमाएका ओलीको राष्ट्रबाद भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भएको भ्रमणले राष्ट्रियता र राष्ट्रबादको उदांगो रुप प्रस्तुत भएको अरोप लागाए । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपाल भ्रमणमा आँउदा राजस्थानी भेसभुषमा सजिनु, एसीयामा नै नाम चलाउन सफल नेपाली सेना र नेपाल प्रहरी हुँदा हुदै भारतीय सेना नेपाल प्रबेश गर्न दिनु र आन्तरीक विमानस्थलमा किन अवतरण नगराएको भन्दै प्रश्न समेत गर्दै हेलेकोप्टर बाटै सोझै अर्कै ठाँउमा अवतरण गराउनु नै केपी ओलीको राष्ट्रबाद डेढ फुटे सर्प जस्तो भएको प्रष्टै देखीएको भन्दै आलोचना समेत गरे।

साथै आफ्नो पार्टी सरकारमा हुँदा सार्क सम्मेलन गर्दा समेत नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा गर्न सक्ने तर एक्लै भारतीय प्रधानमन्त्रि मोदी नेपाल आँउदा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा गर्न नसक्ने हुन्छ भन्दै प्रधानमन्त्रि ओलीलाई समेत प्रश्न गरे ।

सबै यसरी नै राष्ट्रबाद प्रष्टै देखीने भएका कारण यस पटक कांग्रेसले प्रजाय भोगे पनी आँत्ती हाल्न नहुने बताए । उनले थपे आएका अतिथीलाई एक पटक स्वागत गर्नु स्वाभाबिक भएको बताउदै दिन दिनै स्वागत गरि ओलीले चाकडी गरेर पाएको राष्ट्रबादीको उपमा समेत एकै पटक खस्केको आरोप समेत लगाए ।