५ जेठ
नवलपरासी — बर्दघाटमा दुई मोटरसाईकल एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
शनिबार दिउँसो दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल र उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
अर्का एक जनाको उपचारका लागि भरतपुर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ससस्त्र प्रहरी तालिम महाविद्यालय नजिकै उक्त दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बर्दघाट-१६ का २१ वर्षीय सन्तोष न्यौपाने र ३० वर्षीय अजित सिं ठकुरी, बर्दघाट-१४ का १९ वर्षीय आशिष जीसी रहेका छन्।
दुर्घटना परी घाईते भएका बर्दघाट-१४ का २४ वर्षीय दिपेन्द्र जीसीको अवस्था खतरामुक्त भएको प्रहरीले जनाएको छ।









